पोखरा स्मार्ट टाउनद्वारा आयोजित रक्तदानमा १०५ युनिट रगत संकलन

पोखरा । लायन्स क्लब अफ पोखरा स्मार्ट टाउनले सामाजिक कार्यक्रम गरेर लायन वर्ष २०२४÷२५ को सुरुवात गरेको छ । लायन वर्षको पहिलो दिन जुलाई १ मा क्लबले रक्तदान कार्यक्रम गरेको हो ।

क्लबले अनेरास्ववियु इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस २०७९ ब्याच कमिटिसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

उक्त अवसरमा १०५ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रम गरी लायन वर्षको सुरुवात गर्न पाउँदा खुसी लागेको क्लबका अध्यक्ष अञ्जिता बास्तोलाले जानकारी दिइन् ।

रेडक्रस कास्कीका अध्यक्ष डण्डराज शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

क्लबले वर्षभर सामाजिक क्षेत्रमा विविध कार्यक्रम गर्ने अध्यक्ष बास्तोलाले बताइन् । ‘क्लबका सबै साथीहरुको साथमा कार्यक्रमहरु हुनेछन्,’ उनले भनिन् ।

You might also like

Comments are closed.