लक्ष्मी कमर्शियल भेहिकल्समार्फत एसएमएल इसुजुको कमर्शियल गाडीको फ्रि सर्भिस क्याम्प सुरु

काठमाडौं ।  लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित औधोगिक तथा ब्यापारिक घराना हो । लक्ष्मी ग्रुप हुण्डाईका प्यासेन्जर कारहरु, बिएमडब्लुका कारहरुको नेपालको एक मात्र आधिकारिक बिक्रेता हो । लक्ष्मी ग्रुपले नै हिरो इलेक्ट्रिकका टु हिव्लर स्कुटरहरु र एसएमएल इसुजुका कमर्शियल गाडीहरुको आधिकारिक बितरक भै कार्य गरि आएको छ ।

लक्ष्मी ग्रुप अन्र्तगतको लक्ष्मी कमर्शियल भेहिकलस् प्रा.लि.ले नेपालमा एसएमएल इसुजुका कमर्शियल गाडीहरुको आधिकारिक बितरकको रुपमा कार्य गर्दै आएको छ । यसले भारतको चण्डिगढमा अवस्थित एसएमएल इसुजुको कारखानाबाट उत्पादित गाडीहरु नेपालमा आयात गरि नेपालको बजारमा बिक्री बितरण गर्ने र उक्त गाडीहरुलाई बिक्री पछिको सेवा पनि दिदै आएको छ । एसएमएल इसुजुले १४ सिट क्षमता देखि ५५ सिट क्षमता सम्मका स्कुल बसहरु, स्टाफ बसहरु तथा ३ टन देखि ९ टन क्षमताका ट्रकहरु देखि ३ देखि ६ क्युबिक मिटर क्षमताका टिपर ट्रकहरु उत्पादन गर्ने गर्दछ । मजबुत वनावट र इन्धन किफायती भएका कारण एसएमएल इसुजुका गाडीहरु नेपालमा ग्राहकहरुको रोजाइमा पर्न सफल भएका छन् ।

लक्ष्मी कमर्शियल भेहिकलस प्रा.लि.ले आफ्ना ग्राहकहरुलाई गुर्जुधारामा रहेको आफ्नो सर्भिस सेन्टर र नेपालका बिभिन्न क्षेत्रमा रहेका आफना वर्कशप तथा अथोराइज्ड वर्कशपहरु मार्फत बिक्री पछिको मर्मत सम्भार तथा स्पेयर पार्टसको सुविधा दिदै आएको छ । यसै क्रममा आफ्ना ग्राहकहरुलाई थप सुविधा दिनको लागि एसएमएल इसुजुका गाडीहरुको लागि एक हप्ताको निःशुल्क सर्भिस क्याम्प काठमाण्डौको गुर्जुधारामा रहेको जिएफआई सर्भिस सेन्टरमा सञ्चालन गर्दैछ । यो सर्भिस क्याम्प यहि फाल्गुन २९ गते देखि चैत्र ४ गते सम्म जम्मा ६ दिन सम्म सञ्चालन हुने छ । यो सर्भिस क्याम्पबाट एसएमएल इसुजुका ग्राहकहरुले विभिन्न सेवा तथा सुविधा पाउने छन् ।

jutta mela

अगाडि बम्पर देखि पछाडि बम्पर सम्म गाडीका सबै पार्टपुर्जाको १००% फ्रि चेकजाँच गरिनेछ । सामान्य मर्मत सम्भारमा लाग्ने लेबर चार्जमा पनि १००% छुट दिईने बताइएको छ । बिशिष्टिकृत मर्मत सम्भारमा लाग्ने लेबर चार्जमा ५०% सम्मको छुट दिइने छ । लुब्रिकेन्टहरुमा १५% को छुट उपलब्ध गराईने छ भने स्पेयर पार्टसहरुमा ५०% सम्मको छुट सुविधा रहेको छ । साथै, फ्रि सर्भिस क्याम्पमा आउने ग्राहकहरु तथा चालकहरुको लागि बिशेष गिफ्टहरु प्रदान गरिने बताइएको छ ।

सर्भिस क्याम्प कै अवधिमा कम्पनीले चालकहरुको लागि बिशेष किसिमको तालिमको पनि ब्यवस्था गरेको छ । गाडीहरुमा भएको परिवर्तन र सञ्चालन बिधि सम्बन्धी तालिम सञ्चालन गरिने छ ।

यो सर्भिस क्याम्पमा आफ्ना एसएमएल इसुजुका गाडीहरु लिएर आएर बिभिन्न छुट तथा तालिम प्राप्त इन्जिनियरहरुबाट चेकजाँच गराई सुविधा लिन आफना ग्राहकहरुलाई लक्ष्मी कमर्शियल भेहिकलस्ले अनुरोध गरको छ ।

You might also like

Comments are closed.