स्नोम्यान वाइनरीको दसैंतिहार अफर, ‘किङ्स हिल’ र ‘अरोमा’ वाइनमा विशेष छुट

काठमाडौं । स्नोम्यान वाइनरी प्रा.लि.ले दसैं तिहार लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ । प्रा.लि.का उत्पादनहरु ‘अरोमा’ र किङस हिल’ वाइनमा विशेष छुट प्रदान गरिएको प्रा.लि.का सञ्चालक पुजनलाल श्रेष्ठले जानकारी दिए ।

४ लिटरको बक्स प्याकको किङस हिल वाइनको खरिदमा ग्राहकले ७५० एमएलको एक बोतल किङस हिल वाइन निःशुल्क पाउनेछन् । ७५० एमएलको किङस हिस खरिदमा १० प्रतिशत छुट प्रदान गरिएको छ । ७५० एमएलको अरोमा प्रिमियम वाइनको खरिदमा उपभोक्ताले ५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।

छुटबाट वाइनका उपभोक्ताहरु लाभान्वित हुने प्रा.लि.ले विश्वास लिएकोछ । ‘यो अफर राजधानी काठमाडौं लगायत देशभरको बजारमा लागु भएको छ,’ उनले भने ।

सम्पूर्ण मोर्डन ट्रेड आउटलेटहरु भाटभटेनी, बिगमार्ट, केके मार्ट, विनायक लिकर, सेल्स वेरी लगायत काठमाडौंका प्रायः सबै सुपरमार्केट तथा अन्य लिकर सपहरुबाट प्रा.लि.का वाइन बिक्री भइरहेको श्रेष्ठले जानकारी दिए ।

कोभिडलाई मध्यनजर गरी अनलाइन सपिङलाई पनि प्राथमिकतामा राखिएको प्रा.लि.ले जनाएको छ । काठमाडौं उपत्यकाका ग्राहकले अनलाइनबाटै अरोमा, किङस हिल र चिफ गेष्ट वाइन अर्डर गर्न सक्ने कम्पनीले जनाएको छ । ग्यापु, चियर्स, सस्तो डिल, घ्याम्पे अनलाइनसँग सहकार्य गरी अनलाइन होम डेलिभरी सुविधा उपलब्ध गराइएको हो ।

lcci
You might also like

Comments are closed.