सोल्टी होटल लिमिटेडको सञ्चालक समितिमा प्रतिनिधि मनोनयन, सञ्चालकमा टंक दाहाल

काठमाडौं । सोल्टी होटल लिमिटेडले नेपाल पर्यटन बोर्डको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधि मनोनयन गरिएको जानकारी सार्वजनिक गरेको छ ।

नेपाल पर्यटन बोर्डमार्फत नियुक्ति हुने परम्परा अनुसार राज्यमन्त्रीस्तरीय निर्णयपछि नेपाल वायुसेवा निगमका नव–नियुक्त अध्यक्ष उपेन्द्र उपाध्यायलाई सोल्टी होटल लिमिटेडको सञ्चालक समितिमा प्रतिनिधि सदस्यको रूपमा मनोनयन गरिएको कम्पनीले जनाएको छ ।

यसअघि नेपाल वायुसेवा निगमका पूर्वअध्यक्षलाई प्रतिनिधि सदस्य तोक्ने गरिएकोमा, हाल निगममा रिक्त पदमा अध्यक्ष नियुक्त भएसँगै उक्त मनोनयन प्रक्रिया अघि बढाइएको उल्लेख छ ।

२०८२ असोज ११ गते बसेको सोळ्टी होटल लिमिटेडको सञ्चालक समिति बैठकले अध्यक्ष उपाध्यायलाई प्रतिनिधिका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल वायुसेवा निगम सोल्टी होटल लिमिटेडका प्रवर्तक मध्ये एक भएकाले बोर्ड सदस्य मनोनयन अधिकार निगमसँग रहने कम्पनीले स्पष्ट पारेको छ ।

 

 

 

 

You might also like

Comments are closed.