नयाँ अल्ट्राथिनयुक्त ड्राइपर ‘सफ्ट एण्ड ड्राइ’, इन्डिकेटर छ, डल्लो पर्दैन

काठमाडौं । बिगत १५ वर्षदेखि नेपाली बजारमा सेनिटरी प्याड तथा बच्चाको लागि ड्राइपर उत्पादन गर्दै आइरहेको जस्मिन हाइजिन प्रोडक्टद्वारा उत्पादित ‘सफ्ट एण्ड ड्राइ’ ड्राइपर देशभरको बजारमा उपलब्ध भएको छ । सारदा ग्रुप अन्तर्गतको यो कम्पनीले प्रिमियम ब्राण्डको नयाँ प्रडक्ट बजारमा ल्याएको हो ।

भिडियो 

कम्पनीले सफ्ट एण्ड ड्राइ ड्राइपर सानो प्याकमा गत असोजबाट र ठूलो प्याकमा गत महिनाबाट बजारमा ल्याएको हो । नयाँ अल्ट्राथिनवाला ड्राइपर भएकाले छोटो समयमा बजारमा लोकप्रिय बनेको एरिया सेल्स म्यानेजर रमेश चौलागाईंले बताए ।

‘यो प्रडक्टमा इन्डिकेटर छ,’ उनले भने, ‘बच्चालाई लगाइएको ड्राइपरलाई परिवर्तन गर्ने समयको संकेत इन्डिकेटरले दिन्छ । जसले गर्दा अभिभावकलाई सजिलो हुन्छ ।’ यो ड्राइपर गुणस्तरीय रहेको र रेगुलर १२ घन्टासम्म प्रयोग गर्दा पनि डल्लो नपर्ने चौलागाईंले बताए ।

नेपालमै पहिलो पटक अल्ट्राथिन युक्त ड्राइपर कम्पनीले बजारमा ल्याएको जनाइएको छ ।

 

You might also like

Comments are closed.