lcci festival

अन्तराष्ट्रिय मञ्चमा सोनम सुब्बा लिम्बुको डिजाइन टप १५मा

काठमाडौं ।  नेपाली फेसन डिजाइनर सोनम सुब्बा लिम्बुद्वारा डिजाइन गरिएको राष्ट्रिय पोशाक गोरखा दरबार संग्रहालयबाट प्रेरित राष्ट्रिय पोशाक ले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस कोस्मो इन्टरनेशनल २०२५ मा विश्वभरका उत्कृष्ट पोशाकहरूबीच टप १५ मा  स्थान बनाउँदै ऐतिहासिक सफलता हासिल गरेको छ ।  यो उपलब्धिले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ पहिचान दिलाउनुका साथै नेपाली कला, संस्कृति र काठ–नक्काशीको गौरवलाई विश्वसामु उजागर गरेको छ ।

गोरखा दरबार संग्रहालयको गल्ली हुँदै हिंड्दै गर्दा डिजाइनर सोनम सुब्बा लिम्बुको नजर एक पुरानो आँखीझ्यालको शताब्दी पुरानो नक्काशीमा अडियो । ढोकाको चौखटमा कोरिएका बुट्टाहरू, भित्ताबाट झरेको इतिहास, र गोरखा दरबारको मौलिक काठ–कला—यी सबैले उनलाई गहिरो रुपमा आकर्षित गरे । यही प्रेरणाबाट उनले नेपालको काठ–कला, सांस्कृतिक आत्मा र ऐतिहासिकता झल्कने एक अद्वितीय राष्ट्रिय पोशाक बनाउने निर्णय गरे ।

महिनौँको अध्ययन, स्केच, रिसर्च र परम्परागत बुट्टालाई कपडामा पुनःजीवन दिने यात्रापछि जन्मियो  गोरखा दरबार संग्रहालयबाट प्रेरित राष्ट्रिय पोशाकएक जीवन्त कृति, जसले पुरानो काठ–कला र आधुनिक फेसनलाई सुन्दर ढंगले जोड्छ । यही पोशाक मिस कोस्मो इन्टरनेशनल २०२५  मा नेपालको प्रतिनिधिमिस दीपशिखा नेपालले पहिरिएर सहभागी भएकी छन् ।

हाल भियतनाममा भइरहेको प्रतियोगितामा उक्त पोशाकले निर्णायक र दर्शक दुवैको ध्यान आकर्षित गरिरहेको छ । विश्वका ८० भन्दा बढी देशबीच  नेपाल टप १५ भित्र प्रवेश गर्न सफल भएको छ यो मिस कोस्मो इन्टरनेशनलमा नेपालको पहिलोपटक यति प्रभावशाली उपस्थिति हो, जसले नेपाली डिजाइनको स्तर र सांस्कृतिक अभिव्यक्तिको शक्ति विश्वसमक्ष प्रष्ट पारेको छ।

डिप्सिखा नेपालको आत्मविश्वासपूर्ण प्रस्तुति, गोरखा दरबारको ऐतिहासिक सौन्दर्य, र सोनम सुब्बा लिम्बुको कलात्मक दृष्टिकोणयी सबै मिलेर नेपालको राष्ट्रिय पोशाक यस वर्षको सबैभन्दा चर्चा–योग्य डिजाइनमध्ये परेको छ।

हालै मिस  वल्र्ड जर्मनी २०२५  का आधिकारिक डिजाइनरका रूपमा  चयन भएका  सोनम सुब्बा लिम्बु भन्छन् , “यो मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, यो नेपाली फेसन उद्योगको जित हो । नेपाली सिर्जनालाई विश्वमञ्चमा देखाउन पाउनु मेरो लागि गर्वको कुरा हो।”

 

You might also like

Comments are closed.