एघारौँ राष्ट्रव्यापी साउथवेष्टन विज्ञान प्रदर्शनी तथा करियर म्यानेजमेन्ट कार्यक्रम सुरु

काठमाडौं । साउथवेस्टर्न स्टेट कलेजमा एघारौँ राष्ट्रव्यापी साउथवेस्टर्न विज्ञान प्रदर्शनी तथा करियर म्यानेजमेन्ट कार्यक्रम आजबाट सुरु भएको छ। काठमाडौंको बसुन्धरास्थित साउथवेस्टर्न स्टेट कलेज प्राङ्गणमा बिहीबारदेखि सुरु भएको प्रर्दशनीको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टरार्इले उद्घाटन गरेका छन् ।

शुक्रबारसम्म चल्ने प्रदर्शनीमा २६ र २७ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विज्ञान प्रदर्शनी हुनेछ। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले जबसम्म बोल्ने लेख्ने स्वतन्त्रता हुँदैन् तवसम्म शिक्षा स्वास्थ्यमा विकास नहुने बताए । साथै उनले वर्तमान अवस्थामा रहेको शिक्षा प्रणालीमा रहेका विकृतिलाई सुधार गर्दै जीवनोयोगी शिक्षा दिनुपर्नेमा जोड दिए ।

‘सम्मानजनक शिक्षा स्वास्थ्य रोजगारी हुनु पर्यो । अहिलेको विश्वको औषत अधिकार हामीले प्राप्त गर्न पाउन पर्यो । यो देशमा समस्या छन् त्यसको समस्याको समाधान गर्न अबका युवाहरु लाग्नुपर्छ,’ उनले भने, ‘शिक्षा प्रणालीमा जुन विकृति छ, त्यसलाई सुधारेर जीवनोयोगी शिक्षा दिनु पर्छ ।’

त्यस्तै, कार्यक्रममा विशेष अतिथि तारकेश्वर नगरपालिका मेयर कृष्णहरी महर्जनले उच्च शिक्षाका लागि विद्याथीलाई विदेश लाने भन्दा पनि विदेशी विद्यार्थीलाई नेपाल ल्याउन सकिने बताए । सोही अनुसार तारकेश्वले शिक्षा व्यवस्था प्रणाली पाठ्यक्रम शिक्षामा लगानी गरिरहेको बताए ।उनले अबको शिक्षा साइन्स र टेक्नोलोजीमा बढाउन सक्यो भने उनीहरुको जीवन उकास्न गुणस्तरिय शिक्षा अभियानमा लागेको बताए।

त्यस्तै, टोखा प्याब्सनका अध्यक्ष टंक चापागाईंले संस्थागत स्कूल र सामुदायिक स्कूललाई हेर्ने दृष्टिकोण फरक रहेका बताए । उनले विद्यालयप्रतिको सोचलाई परिवर्तन गर्दै २१ औं शताब्दीको परिर्वतनकारी शिक्षा दिनुपर्ने बताउँदै परिवर्तकारी शिक्षाले नै सम्पूर्ण कुराको विकास हुनेमा जोड दिए ।

त्यसैगरी, कलेजका डाइरेक्टर डा. राजेन्द्र केसीले अहिलेसम्म आफूहरु फस्ट हुने मोडल शिक्षामा लागको बताउँदै फस्ट हुने मोडलले नै देशलाई अगाडि बढाउने तर्क गरे । साथै उनले जसले व्यावहारिक शिक्षा आर्जन गर्छ र निरन्तर धैर्यताका साथ अगाडि बढ्छ उसले नै जीवनमा सफलता प्राप्त गर्ने बताए ।

आजदेखि सुरु भएको कार्यक्रममा ६० ओटा स्टल रहेका छन् । कार्यक्रममा काठमाडौंका ६० भन्दा बढी स्कुलको सहभागिता रहेको छ। कार्यक्रममा रक्तदान, निः शूल्क स्वास्थ्य परीक्षण, आँखा जाँच, दन्त परीक्षण, रोबोटिक कम्पिटिसन, सोलार अब्जर्भेशन, विज्ञान परियोजन प्रस्तुतीकरण, सांगीतिक कार्यक्रम प्रहसन जस्ता कार्यक्रम रहेका छन्।

You might also like

Comments are closed.