‘विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने विद्यार्थी उत्पादन गरिरहेका छौं’

डा. राजेन्द्र केसी, प्रिन्सिपल, साउथवेस्टर्न स्टेट कलेज

नेपालको शिक्षा क्षेत्रमा नयाँ केही गर्नुपर्छ र अध्ययनका लागि विद्यार्थी विदेश जाने विद्यार्थीलाई नेपालमा नै अध्ययन गर्ने वातावरण बनाउनुपर्छ भन्ने उद्देश्यका साथ सन् २०१० मा स्थापना भएको कलेज हो साउथवेस्टर्न स्टेट कलेज । नेपालको शिक्षा प्रणाली तथा कलेजमा विषयमा केन्द्रित रहेर कलेजका प्रिन्सिपल डा. राजेन्द्र केसीसँग आर्थिक आवाजले गरेको कुराकानी :

कलेज संचालन गर्ने सोच कसरी आयो ?
साउथवेस्टर्न स्टेट कलेज सञ्चालन गर्नुको मूख्य उद्देश्य नेपाली विद्यार्थीलाई नेपालमा नै अध्ययन गर्ने वातावरण सृजना गर्नु हो । अध्ययनका लागि विदेश जाने युवा विद्यार्थीले नेपालमा नै अध्ययन गरेर नेपालमा नै केही गरुन् र आफ्नो भुमिमा नै रमाउन् भन्ने हाम्रो उद्देश्य हो । हामीसँग जोडिएका विद्यार्थीलाई नेपालमा नै राख्न सक्यौं भने देश निर्माणमा थोरै भएपनि योगदान पुर्याउन सक्छौं भन्ने हाम्रो सोचाई हो । १२ वर्षको इतिहासमा करिव १२ हजार विद्यार्थी पास आउट भइसकेका छन् । अहिले विभिन्न तहमा गरेर करिव २ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् ।

विद्यार्थीले किन साउथवेस्टर्न स्टेट कलेज नै रोज्ने ?
विद्यार्थीले किन साउथवेस्टर्न स्टेट कलेज नै रोज्ने भन्ने आधार धेरै छन् । प्रतिश्पर्धात्मक विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने विद्यार्थी हामीले उत्पादन गरिरहेका छौं । आइएसओ सर्टिफाइड कलेज हो । कलेजबाट विद्यार्थीले के पाएका छन् भन्ने कुरा हामीले भन्दा पनि मार्केटबाट नै थाहा हुन्छ । हामीले सैद्धान्तिक शिक्षा मात्र नभई सैद्धान्तिकसँगै व्यावहारिक तथा प्रयोगात्मक शिक्षामा पनि जोड दिदै आएका छौं ।

MANASLU

४ मा ४ जिपिए ल्याउदैमा विद्यार्थी सफल भए भन्न मिल्दैन । अध्ययनपछि जब मार्केटमा विद्यार्थी जान सक्छन् वा सक्दैनन्, सफल भएका छन् वा छैनन्, अन्य काम गर्न सकेका छन् वा छैनन्, रचनात्मक छन् वा छैनन्, विश्व बजारमा प्रतिश्पर्धा गर्न सक्छन् वा सक्दैनन् भन्ने कुरा ख्याल गर्नुपर्छ । विद्यार्थीहरु रचनात्मक हुनुपर्छ, सामाजमा घुलमिल हुने तथा काम गर्नसक्ने हुनुपर्छ, आफूभन्दा ठुला तथा सानासँग कस्तो खालको व्यवहार गर्ने भन्ने ज्ञान हुनुपर्छ । घरमा हुने विभिन्न काम विजुली तथा पानीको बिल तिर्ने जस्ता काम गर्न सक्षम हुनुपर्छ । उनिहरुले गरेका कामबाट अरु सन्तुष्ट हुनसक्नुपर्छ । हामीले यस्ता कुरामा ख्याल गर्छौ ।

विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका टुर प्याकेज, देशमा रहेका विभिन्न कार्यालयमा लैजान्छौं, विभिन्न स्थानमा इन्टर्नसिपको लागि पठाउँछौं । नैतीक शिक्षा, नागरिक शिक्षाबारे ज्ञान दिन्छौं । विश्वका जुनसुकै विश्वविद्यालयमा जादा विद्यार्थीले नेपालमा प्राप्त गरेको शिक्षा र त्यहाँको शिक्षा एउटै हो भन्ने अनुभव गराउन सफल छौं । एकेडेमिक शिक्षालाई ३ भागमा बाडिन्छ । फर्मल एजुकेसन, इन्फर्मल एजुकेसन र नन फर्मल एजुकेसन । नन फर्मल एजुकेसनमा हामी जाँदैनौं । फर्मल र इन फर्मल सेक्टरमा हामी जान्छौं । फर्मल भन्नासाथ एकेडेमिक डिग्रीको कुरा आउँछ भने इन्फर्मलमा विद्यार्थीले गरेका व्यवहार, भोगेका, सिकेका ज्ञाप तथा सिपको कसरी प्रयोग गरिरहेका छन् भन्ने कुरा पर्छन् ।

सुविधासम्पन्न भौतिक संरचना, लाइब्रेरी, ल्याब लगायतको सुविधा छ भने नविनतम विधि तथा प्रविधिको प्रयोगगरि अध्यापन गर्छौं । मेडिकल, इन्जिनियरिङ, कृषि, सिए, सिम्याट लगायको तयारी कक्षा संचालन गर्छौ जसले विद्यार्थीलाई सहज बनाउछ ।

देशको भुगोल, कला, संस्कृती, जात जाति, धर्म, भाषा लगायत देशलाई चिनाउने विभिन्न कुरा हामी सिकाउँछौं । विद्यार्थीका प्रतिभा प्रस्फुटन गर्ने विभिन्न क्रियाकलाप पनि संचालन हुने गरेका छन् । विभिन्न गेम तथा फिजिकल फिटनेशका कुरा पनि सिकाउँछौं ।

कलेजमा कुन–कुन तहमा कुन–कुन संकायको पढाई हुन्छ ?
प्लस टुमा साइन्स, म्यानेजमेन्ट, ह्युम्यानिटिज, ल अन्तर्गतका विभिन्न विषय अध्यापन गर्दै आइरहेका छौं । ब्याचलरमा विविएस, विएसडब्लु, विविएम, विसिए, विए लगायतका कोर्ष छन् भने मास्टर्समा एमविएस, एमए(अंग्रेजी), विषय छन् र सवै त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त हुन् । प्ले ग्रुपदेखि कक्षा १० सम्म विद्यालय तह पनि संचालनमा छ ।

विद्यार्थी छनोट कसरी गर्नुहुन्छ ? छात्रवृत्तिको व्यवस्था कस्तो छ ?
नेपाल सरकराले तोकेको ग्रेडिङलाई हामीले मान्यता दिन्छौं । आन्तरिक रुपमा प्रवेश परीक्षा पनि लिन्छौं र विद्यार्थी त्यसमा पनि पास हुनुपर्छ । अन्तर्वार्ता पनि लिन्छौं । विद्यार्थीको अनुशासन, व्यवहार लगायतका कुरा टेष्ट गर्छौं । सबै टेष्ट गरेर हामी फाइनल गर्छौं । नेपाल सरकारले छुट््याएको १० प्रतिशत छात्रवृत्ति कोटा छ । सरकारी विद्यालयबाट एसईई पास गरेका विपन्न तथा जेहेन्दार विद्यार्थीले सो छात्रवृत्ति पाउछन् । छात्रवृत्तिको लागि विद्यार्थी छनोट गर्दा सम्वन्धित क्षेत्रका व्यक्तिसँग पनि परामर्श लिन्छौं ।

विद्यार्थीलाई के भन्न चाहनुहुन्छ ?
एसईई पछि के विषय अध्ययन गर्ने, कुन कलेजमा अध्ययन गर्ने भन्ने दोधारमा विद्यार्थी पर्ने गरेको पाइन्छ । विद्यार्थीले नेपालमा अध्ययन गर्दा पढ्ने विषय प्राय उस्तै छन् तर कलेज भने फरक छन् । कुन कलेज कस्तो छ, त्यसको इतिहास कस्तो छ, भौतिक संरचना तथा सुविधा, अध्यापन गराउने शिक्षक तथा प्राध्यापक सबै कुरा हेर्नुपर्छ । आफूलाई पायक पर्ने स्थान कहा छ सबै कुरा ख्याल गर्नुपर्छ । साउथवेस्टर्न स्टेट कलेजमा विद्यार्थीले खोज्ने तथा विद्यार्थीलाई आवश्यक पर्ने सबै कुरा उपलब्ध छन् भन्ने मलाई लाग्छ । नेपालमा नै अध्ययन गरेर आफ्नै देशमा केही गर्न चाहन्छु भन्ने विद्यार्थीको लागि साउथवेस्टर्न स्टेट कलेज उत्कृष्ट गन्तव्य हो ।

 

You might also like

Comments are closed.