ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसेडरमा दीपेन्द्र सिंह ऐरी

काठमाडौं । ओमोडा र जेइकोको लागि नेपालमा आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्रा.लि.ले क्रिकेटर दिपेन्द्र सिंह ऐरिलाई ओमोड एन्ड जेइकोको ब्रान्ड एम्बेसेडर घोषणा गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) २०२४ को ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ तथा सुदुरपश्चिम रोयल्सका कप्तान रहेका ऐरीलाई एम्बेसेडर नियुक्त गरेको हो ।

सिल्भर ओक ब्याङ्क्वेट, काठमाडौँमा आयोजित विशेष समारोहमा, शारडा ग्रुपका निर्देशकहरूलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा हस्ताक्षर कार्यक्रमसँगै दीपेन्द्र सिंह ऐरी ब्रान्ड एम्बेसेडर नियुक्त भएका हुन् ।

उक्त अवसरमा बोल्दै ऐरीले ओमोडा एन्ड जेइकोसँगको आबद्धतामा खुसी व्यक्त गरे । ‘किफायती मूल्यमा अत्याधुनिक सुविधाहरू भएको फ्युचरिस्टिक इभि यो सेगमेन्टमा नै उत्कृष्ट र बेजोड छ । इनोभेसन (नवप्रवर्तन) र फ्युचरिस्टिक टेक्नोलोजिमा अग्र रहँदै इभि बजारमा उल्लेखनीय सफलता हासिल गरेको ब्रान्ड ओमोडा एन्ड जेइकोसँग आबद्ध हुन पाउँदा म अत्यन्त उत्साहित छु,’ उनले भने ।

समारोहमा शारदा ग्रुपका अध्यक्ष शिव रतन शारदा, प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा, एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडा, एसपिजि अटोमोबाइल्सका अन्य सदस्यहरू, नेपाल क्रिकेट संघका पदाधिकारीहरू, चर्चित इन्फ्लुएन्सरहरू, पत्रकार तथा मिडियाको उपस्थिति थियो ।

एनपिएलको इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’को पुरस्कार स्वरूप ओमोडा इ–फाइभको साँचो हस्तान्तरण गर्दै एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को पुरुष १२० अलराउन्डरमा दोस्रो वरियतामा रहेका ऐरीसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । ‘आफ्नो कुशलता र पर्फमेन्समा सदैव उच्चतस्तरको लगाव राखे दीपेन्द्र सिंह ऐरीजस्ता उदाउँदा युवा खेलाडीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसेडर नियुक्त गर्न पाउँदा हामी गौरवान्वित महसुस गर्दछौं,’ उनले भने ।

ओमोडा एन्ड जेइको एनपिएलको पहिलो संस्करणको लागि ’डिभन बाइ’ सह–प्रायोजक थियो । ‘ओमोडा एन्ड जेइको, नेपाली खेलजगतमा उत्कृष्ट प्रतिभाको पहिचान गर्दै ती प्रतिभालाई बढावा दिनुपर्नेमा विश्वास राख्दछ । यस साझेदारीसँगै ओमोडा एन्ड जेइकोले नेपाली क्रिकेटको सफलता र विकासमा उल्लेखनीय भूमिका खेल्ने तथा खेलक्षेत्रको समग्र विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ,’ उनले भने ।

lcci
You might also like

Comments are closed.