पोखरा । सृजना बिकास केन्द्र को ४४ औं वार्षिक साधारण सभाको अवसरमा पोखराका २ जना अग्रजलाई सामाजिक सम्मान गरिएको छ ।
केन्द्रले स्थापना गरेको सामाजिक सम्मान भाष्कर पण्डित, समाजसेवी , अभियन्ता कमल नयन गौतमलाई , समाजको सम्रग विकास, शिक्षा स्वास्थ्य कार्यमा योगदान स्वरुप र पत्रकारीताको मार्फत २ दशक सामाजिक विकासमा योगदान स्वरुप पत्रकार श्याम कुवर लाई समाजिक पत्रकारिता सम्मान गरिएको छ ।
सम्मान गर्दै भौतिकपूर्वाधर शहरी, यातायत विकास मन्त्री कुमार खड्काले समाजिक कार्यमा केन्दको भुमिका सम्मानयोग्य रहेको र प्रदेश सरकार को समन्वयमा रचनात्मक कार्य गरिने बताए । कार्यक्रममा सम्मानग्रहण गदै भाष्कर पंडित कमलनयन गौतमले सम्मानले थप जिम्मेवारी सहित सतकार्यमा लाग्न प्रेरणा प्रदान गरेको बताए । सम्मानित पत्रकार श्याम कुवरले नागरिकको आवजलाई ईमान्दारीतापूर्वक गराउन सम्मानले उर्जा दिएको बताए ।
केन्द्रका संस्थापक अध्यक्ष डम्वर बहादुर के.सी ले सृजनाको परिकल्पना उद्देश्य बमोजिम सम्मान कार्य भएकोमा धन्यवाद प्रकट गरेका थिए ।
संस्थाका अध्यक्ष ईन्द्र पौडेल को सभापतित्वमा भएको कार्यक्रमा पोखरा ८ का वडा अध्यक्ष एवं केन्द्रका पूर्व अध्यक्ष रुद्रनाथ बराल , सल्लाहकार सभापति सोमनाथ वराल , नागरीक समाज कास्कीका संयोजक इन्द्र कमल मानन्धर , पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी केन्द्रका प्रथम उपाध्यक्ष सम्मानित ब्यक्तित्व छनोट समिति संयोजक कृष्ण बहादुर थापा , महासचिव चन्द्र गिरी , उपाध्यक्ष कमला गिरी , कोषाध्यक्ष कृष्ण मान ढुसाजु लगायतले आ आफ्नो धाराणा राखेका थिए । २०३४ मा स्थापित संस्थाले शैक्षिक , सामाजिक र आर्थिक गतिबिधिहरु गर्दै आएको छ ।
Comments are closed.