पाँचौं सृजना कप जारी, पहिलो दिन छात्र र छात्रातर्फ ८ खेल सम्पन्न

पोखरा ।  पोखरामा मंगलबारदेखि सुरु पाँचौं सृजना कप अन्तर्गत पहिलो दिन छात्र र छात्रातर्फ ८-८ खेल सम्पन्न भए ।

सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पोखरा रंगशालाको भलिबल कोर्टमा सुरु पाँँचौं सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबल प्रतियोगितामा छात्रतर्फ ३० र छात्रातर्फ १५ टिमले भाग लिएका छन् ।

छात्रतर्फ उद्घाटन खेलमा कालिका मावि विजयी भएको छ । इन्द्रराज्यलक्ष्मी माविलाई २५-२० र ३५-३३ सेटमा हराउँदै कालिका अघिल्लो चरणमा प्रवेश पाएको रेफ्री संयोजक गोपाल थापाले बताए । छातर्फ नै अर्को खेलमा राष्ट्रिय माविले विश्वशान्न्तिलाई २५-१६ र २५-१६ मा हरायो । भद्रकाली माविले विन्दवासिनीलाई सोझो सेटमा हरायो ।

भद्रकाली २५-११ र २५-२१ मा विजयी भएको हो । यस्तै अमरसिंह माविले छोरेपाटनलाई २-१ सेटमा हरायो । जसमा १९-२५, २५-२१ र २५-१० सेटको नतिजा आयो । राष्ट्रिय माविले कालिकालाई २५-१५ र २५-१६ सहित सोझो सेटमा पराजित गर्‍यो । तालवाराहीले जनप्रकाशलाई २५-१६ र २५-१३ सेटमा हराउँदा जनप्रियले वराह माविलाई २५-२० र २५-२२ मा पाखा लगायो । पहिलो दिनको आठौं तथा अन्तिम खेलमा वराह माविले जनप्रभातलाई २५-१५ र २५-१५ मा पराजित गर्‍यो ।

छात्रातर्फ गोगन माविले पहिलो खेल जितेको छ । उसले सृजना माविलाई २५-१९ र २५-११ सेटमा हरायो । इद्रराज्यलक्ष्मीले विन्ध्यवासिनीलाई २-१ सेटमा हराउँदा २५-१३, २२-२५ र २५-१० को सेटमा खेल टुंगियो । कन्या माविले राष्ट्रिय माविलाई २५-५ र २५-४ को फराकिलो अन्तरले हरायो । भद्रकालीले अमरसिंहलाई २५-१२, २४-२६ र २५-११ मा हराउँदा गौरीशंकरले लक्ष्मीलाई २५-१३, २५-८ सोझो सेटमा हरायो ।

तालवाराहीले कालिका माविलाई २५-२०, २५-११ मा हराउँदा शान्ता माविले गोगनलाई २५-६ र २५-११ सेटमा पाखा लगायो ।दोस्रो दिन छात्रतर्फ पहिलो चरणकै खेल हुने छन् भने छात्रातर्फ दोस्रो चरणका खेल हुने प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले जनाए । गत वर्षको विजेता शान्ता मावि, भकुण्डे हो । उसले दोहोरो उपाधि जितेको थियो ।

You might also like

Comments are closed.