काँग्रेसको सूचना तथा प्रविधि विषयगत समितिको विज्ञमा शर्मा नियुक्त

काठमाडौं । महिला उद्यमी सिर्जना शर्मा नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गत सूचना तथा प्रविधि विषयगत समितिको विज्ञमा नियुक्त भएकी छन् । केही महिना अगाडि नै उनको नियुक्ति भएपनि नियुक्ति पत्र उनले केही दिन अगाडि मात्रै प्राप्त गरेकी छन् ।

कमन फाउण्डेसनकी सञ्चालक तथा समाजसेवी शर्मालाई काँग्रेसका उपसभापति तथा प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले नियुक्त गरेका हुन् ।

jutta mela

सूचना तथा प्रविधि विषयगत समितिको विज्ञमा नियुक्त हुन पाउँदा खुसी लागेको शर्माले बताइन् । ‘पार्टीबाट प्राप्त जिम्मेवारीलाई इमान्दारिताका साथ पुरा गर्नेछु,’ उनले भनिन् ।

You might also like

Comments are closed.