काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेडको शेयर नेप्सेमा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १ करोड ६३ लाख १२ हजार ५०० कित्ता शेयर सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारणमा जारी गरेको ३२ लाख ६२ हजार ५०० कित्ता र संस्थापकहरुले लगानी गरेको १ करोड ३० लाख ५० हजार कित्ता गरी कुल १ करोड ६३ लाख १२ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको शेयर आगामी आइतबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार गर्न सकिनेछ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ५९ पैसादेखि ३०१ रुपैयाँ ७७ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । सोही रेञ्जका आधारमा कम्पनीको पहिलो कारोबार हुनेछ ।



Comments are closed.