काठमाडौं । आगामी माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको ‘प्रथम काठमाडौं महोत्सव २०८२’ को ‘को- स्पोन्सर’मा श्री नाथ कलेक्सन रहने भएको छ ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको आयोजना तथा राइजिङ नेपाल प्रा.लि.को सहआयोजनामा हुने महोत्सवलाई श्री नाथ कलेक्सनले टेलरिङ पार्टनरका रुपमा ‘को-स्पोन्सर’ गरेकोे छ । श्री नाथ कलेक्सनले विगत लामो समयदेखि काठमाडौंमा सर्टिङ सुटिङका क्षेत्रमा काम गर्दै आएको छ ।
महोत्सवमा २ सयभन्दा बढी व्यावसायिक स्टल रहनेछन् । महोत्सवमा रैथाने खाना महोत्सव, पर्यटन प्रवद्र्धन, कला संस्कृति महोत्सव, निःशुल्क स्वास्थ्य शिविर, र फोटो प्रदर्शनी जस्ता विविध कार्यक्रम समेत आयोजना गरिने मेलाका संयोजक उज्ज्वलजंग पराक्रम शाहले जानकारी दिए ।



Comments are closed.