एसआरएम र जोयलङका ग्राहक, चालक र बिक्रेतलाई ‘इभी प्रशिक्षण’

पोखरा । विद्युतीय गाडी एसआरएम र जोयलङको लागि नेपालको आधिकारिक बिक्रेता पूजा कन्स्ट्रक्सन नेपाल प्रा.लि.ले पोखरामा ‘इभी प्रशिक्षण कार्यक्रम’ सम्पन्न गरेको छ । पछिल्लो समय विद्युतीय सवारीमा आकर्षण बढिरहेको सन्दर्भमा विद्युतीय गाडीबारे बुझ्नुपर्ने र जान्नुपर्ने आवश्यक ज्ञानहरु सिकाउने उद्देश्यले कम्पनीले शनिबार एक दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा सहभागीहरुलाई भिजी मोटर्सका सर्भिस इन्चार्ज इलेक्ट्रिकल इन्जिनियर नजाम रायम र सर्भिस म्यानेजर इन्जिनियर दिनेश दाहालले प्रशिक्षण दिएका छन् । इन्धन गाडी र विद्युतीय गाडीमा हुने फरकहरु, विद्युतीय गाडीहरु चलाउँदा ध्यान दिनुपर्ने ज्ञान लगायतका विषयमा जानकारी प्रदान गर्न कार्यक्रम फलदायी भएको कम्पनीले जनाएको छ । कार्यक्रममा गाडीका ग्राहकहरु, डिलरका प्रतिनिधि, चालकहरु लगायत सहभागी थिए ।

नेपाली बजारमा जोयलङका १४ सिटर, १६ सिटर, १७ सिटर र २० सिटर गाडीहरु उपलब्ध छन् । ६० किलोवाट र ८६ किलोवाट ब्याट्री क्यापासिटीमा उपलब्ध छन् । एसआरएम ११ सिटर रेगुलर भ्यान ४२ किलोवाट ब्याट्री क्षमतामा, म्याजिक भ्यान ३२ किलोको ब्याट्री क्षमतामा बजारमा उपलब्ध छन् । एसआरएम कार्गो ५ सिटर र २ सिटरमा उपलब्ध छ । यी गाडीहरु नेपाली बजारमा लोकप्रिय बनिरहेको कम्पनीले जनाएको छ ।

कम्पनीले पोखरामा ईभी गाडीको ईलेक्ट्रिक मर्मत सम्बन्धि तालिम पनि सम्पन्न गरेको छ । गण्डकी अटो मेकानिकल वक्र्स एसोसियसन कास्कीसँगको सहकार्यमा तालिम आयोजना गरिएको हो । तालिममा पोखरा क्षेत्रका अटोमेकानिकल व्यवसायीहरु सहभागी थिए ।

lcci
You might also like

Comments are closed.