पोखरा । विद्युतीय गाडी एसआरएम र जोयलङका गाडीहरुको र्याली पोखरामा सम्पन्न भएको छ । एसआरएम र जोयलङको लागि नेपालको आधिकारिक बिक्रेता पूजा कन्स्ट्रक्सन नेपाल प्रा.लि.को आयोजनामा आइतबार र्याली भएको हो ।
जोयलङको १४ सिटर, १६ सिटर, १७ सिटर र २० सिटर गाडीहरु तथा एसआरएम ११ सिटर रेगुलर भ्यान, कार्गो ५ सिटर र २ सिटर गाडीहरुको र्याली भएको हो । पोखराको लेकसाइडबाट सुरु भएको र्यालीले हल्लनचोक, जिरोकिमी, हरिचोक, बगर, नदिपुर, महेन्द्रपुल, रानीपौवा, उत्तमचोक, पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, राष्ट्रबैंकचोक, बैदाम हुँदै लेकसाइड पुगेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले विद्युतीय गाडीमा यातायात व्यवसायीहरुको आकर्षण बढिरहेको बताए । कार्यक्रममा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष दीपेन्द्र कोइराला, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका डाइरेक्टर अशोक जैसवाल चौधरी, शिद्धबाबा यातायात प्रालिका निर्मल श्रेष्ठ, एफएनसिसिआईका पूर्व सल्लाहकार तीर्थ अधिकारी, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका कार्यसमिति सदस्य अम्बिका मोहन भट्टराई, धौलागिरी गण्डकी यातायात प्रालिका अध्यक्ष उमेश केसी, गण्डकी अटोमेकानिकल वक्स एसोसिएसनका संस्थापक अध्यक्ष बबरजंग गुरुङ लगायतको उपस्थितिमा र्याली आयोजना गरिएको हो ।
‘एसआरएम र जोयलङ अगाडि बढौं, प्रदुषण हटाऔं’ अभियानसहित इभी र्याली निकालिएको हो । प्रमुख अतिथि केसी, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष दीपेन्द्र कोइराला र भिजी मोटर्सका बिजनेस हेड चन्दन रौनियारले रिवन काटेर र्यालीको सुरुवात गरेका थिए ।
Comments are closed.