पोखरामा एसआरएम र जोयलङको टेष्ट ड्राइभ तथा ग्राहक भेटघाट कार्यक्रम

पोखरा । विद्युतीय गाडी एसआरएम र जोयलङका गाडीहरुको टेष्ट ड्राइभ कार्यक्रम पोखरामा आयोजना गरिएको छ । सोमबार सुरु भएको टेष्ट ड्राइभ कार्यक्रम पोखरामा केही दिन जारी रहने बताइएको छ ।

एसआरएम र जोयलङको लागि नेपालको आधिकारिक बिक्रेता पूजा कन्स्ट्रक्सन नेपाल प्रा.लि. अन्तर्गतको भिजी मोटर्सले टेष्ट ड्राइभ आयोजना गरेको हो ।

जोयलङको १४ सिटर, १६ सिटर, १७ सिटर र २० सिटर गाडीहरु तथा एसआरएम ११ सिटर रेगुलर भ्यान, कार्गो ५ सिटर र २ सिटर गाडीहरुको टेष्ट ड्राइभ आयोजना गरिएको हो । ‘एसआरएम र जोयलङ अगाडि बढौं, प्रदुषण हटाऔं’ अभियानसहित कार्यक्रम आयोजना गरिएको हो ।

यसैबीच एसआरएम र जोयलङका ग्राहकहरुको भेटघाट पनि पोखरामा सम्पन्न भएको भिजी मोटर्सका लागि गण्डकी र लुम्बिनी प्रदेशका रिजनल प्रमुख प्रकाश अर्यालले जानकारी दिए ।

lcci
You might also like

Comments are closed.