सेन्ट जर्ज स्कुलमा सरस्वती पूजा र पुरस्कार वितरण

काठमाडौं । हाडीगाउँस्थित सेन्ट जर्ज स्कुलमा सरस्वती पूजा र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा र अग्रज उद्यमी दिपप्रसाद धमलाको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा विशेष अतिथि आरती सुनारसहित विद्यालयका निर्देशक मनोज कुमार दाहाल र प्रधानाध्यापक मेघराज बँजगाई लगायत उपस्थित थिए ।

कार्यक्रममा विद्यार्थीहरूले सरस्वती माताको स्तुति गर्नुका साथै नृत्य, संगीत जस्ता कलात्मक प्रस्तुतिहरू दिएका ।

साथै सो अवसरमा खेलकुद सप्ताहमा विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरियो । अभिभावकहरूका लागि आयोजित खेलमा सन्ध्या श्रेष्ठ, उषा कार्की र सीता लामा क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए।

त्यस्तै, नयाँ भर्ना भएका बालबालिकालाई अक्षरारम्भ गराई कलम र कापी प्रदान गरिएको छ । विद्यालयले फागुन ३ मा अभिभावक दिवस आयोजना गर्ने घोषणा गरेको छ । सेन्ट जर्ज स्कुलले विद्यार्थीहरूको चौतर्फी विकासका लागि निरन्तर कार्यक्रम आयोजना गर्दै आएको जनाइएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि धमालाले सकारात्मक सोचका साथ अध्ययन अगाडि बढाउन विद्यार्थीहरुलाई शुभकामना दिए ।

 

You might also like

Comments are closed.