स्ट्याण्डर्ड चार्टर्ड बैंकले माघ २६ गतेदेखि २४ लाख कित्ता ऋणपत्र बिक्री गर्दै

काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंकले २४ लाख कित्ता ऋणपत्र माघ २६ गतेदेखि खुला गर्ने भएको छ । बैंकले १० दशमलव ३० प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकले ५ वर्षे अवधिको ‘एभरेस्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र–२०८४’ बिक्री खुला गर्ने भएको हो । बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यका दरले २४ लाख कित्ता अथात २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र बिक्री ल्याउन लागेको हो ।

कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गरिने र ४० प्रतिशत ऋणपत्र सर्वसाधारणमा विक्री गरिनेछ बैंकको भनाई छ

यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा १ लाख इकाइसम्मका लागि खरिद आवेदन दिन सकिनेछ।यस ऋणपत्रको निष्कासन बन्द छिटो माफागुन १ गते र ढिलोमा फागुन ११ गते बैंकिङ समयसम्म हुनेछ । यस ऋणपत्रको बिक्री प्रबन्धकको कार्य एनआईबिएल एस क्यापिटलले गर्नेछ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट लगानीकर्ताले खरिद आवेदन दिन सकिने छ ।

You might also like

Comments are closed.