ललितपुर । ललितपुरको सानेपामा रहेको स्टार हस्पिटलले अहिलेसम्म २ सय जनाको जोर्नीको सफल प्रत्यारोपण गरेको छ । जोर्नी प्रत्यारोपण सेवा शुरु गरेको छोटो अवधिमा नै हस्पिटलले २ सय जनाको घुँडा र हिपको जोर्नी प्रत्यारोपण गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अन्तर्राष्ट्रिय प्रविधिको प्रयोगसहित जोर्नीको सफल प्रत्यारोपण सफल भएपछि धेरै बिरामी लाभान्वित भएको अस्पतालका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जनले जानकारी दिए ।
‘जोर्नीको सफल प्रत्यारोपण सेवा स्टार हस्पिटलमा सफल भएपछि विदेश जानुपर्ने बाध्यता हटेको छ,’ उनले भने । अस्पतालमा उपचारका लागि ओपिडीमा आउने बिरामी मध्य सबैभन्दा धेरै हाड जोर्नीका बिरामी आउने महर्जनले जानकारी दिए । अस्पतालले प्रदान गर्ने सेवा तथा सुविधा प्रभावकारी रहेका कारण बिरामीहरु आउने गरेको उनले भनाइ छ ।
प्रोफेसर डाक्टर दीर्घराज आर.सी., डा. सुमन बाबु मरहठ्ठा र डा. राम ईश्वर यादवको टोली हस्पिटलमा प्रत्यारोपण विशेषज्ञ छन् । नेपालमा अझैपनि हिप, घुँडा लगायतको जोर्नी प्रत्यारोपण गर्न मिल्छ भन्ने थाहा नै नभएको र कतिपयलाई प्रत्यारोपण गरेपछि झनै समस्या आउँछ भन्ने भ्रम रहेकाले यसलाई चिर्नु आवश्यक रहेको प्रोफेसर डाक्टर दीर्घराज आर.सी.ले बताए ।
अस्पतालले छोटो समयमा नै २ सय जनाको जोर्नी प्रत्यारोपण गर्नु गौरवको कुरा रहेको डा. सुमन बाबु मरहठ्ठाले बताए । जोर्नी प्रत्यारोपणका क्षेत्रमा आएका नयाँ विधि तथा प्रविधि अस्पतालले भित्र्याइरहेको उनको भनाइ छ । र आगामी दिनमा यस्ता प्रविधि अझै भित्र्याउन सकिने उनको भनाइ छ ।
विदेशमा समेत उपचार गर्न सहज नभएकाले नेपालमा नै उपचार गर्नुपर्छ भन्ने सोच आएको र नेपालमा जोर्नी प्रत्यारोपणका लागि स्टार हस्पिटल राम्रो सेवा छ भन्ने थाहा पाएर आफ्र उपचारका लागि आएको र उपचारले आफ्रलाई धेरै राम्रो भएको उमा कार्कीले बताइन् । उपचारका क्रममा डाक्टर, नर्स तथा अस्पतालका कमचारीले गरेको व्यवहारले आफू प्रभावित भएको दिगंवर शमशेर जवराले बताए ।
कार्यक्रममा जोर्नी प्रत्यारोपण गर्ने डाक्टरको समूह तथा जोर्नी प्रत्यारोपण पछि सञ्चो भएका व्यक्तिलाई हस्पिटलका एमडी डा. दीपक महर्जन, सिओओ सन्देश जिसी लगायले सम्मान गरेका थिए ।
Comments are closed.