यी खाद्यान्नमा २० प्रतिशत छुट, ग्यासको मूल्य ११२० !

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा घोषणा गरे अनुसार केही खाद्यान्न र ग्यासमा २० प्रतिशत छुट प्रदान गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पिठो, चिनी, नुन, भटमासको तेल र खाना पकाउने ग्याँसमा २० प्रतिशत छुट प्रदान गरेको हो ।

खाना पकाउने ग्यासको हकमा काठमाडौं उपत्यकामा मात्र उपलब्ध रहेको र खाली सिलिण्डर एसटिसी ब्राण्डको नै सोधभर्ना गर्नुपर्ने कर्पोरेसनले जनाएको छ ।

नागरिकता प्रमाणपत्रको प्रतिलिपिमा परिवारको सदस्यको नाम र संख्या उल्लेख गरी १ प्रति बुझाएपछि मात्रै यी खाद्यान्न र ग्यास छुटम खरिद गर्न सकिनेछ । यो छुट लकडाउन अवधिभर मात्रै लागु हुनेछ ।

 

You might also like

Comments are closed.