‘स्पञ्ज आइरनमा भन्सार छुटले बिलेट प्रयोग गर्ने स्टिल कम्पनी बन्द हुनसक्छन्’

काठमाडौं । स्पञ्ज आइरन आयात गर्दा शून्य प्रतिशत भन्सार र अन्तशुल्क लागु गरिनु र सोझै बिलेट आयात गर्दा ४.७५ प्रतिशत भन्सार र प्रति मे.टन २ हजार ५ सय रुपैयाँ अन्त शुल्क लिने व्यवस्थाले धेरै उद्योगहरु धरासाही हुने फलामे छड उत्पादक उद्योगहरुले बताएका छन् । सरकारले आर्थिक अध्यादेश प्रतिस्थापन विधेयकमार्फत ल्याएको संशोधित बजेटमा यस्तो व्यवस्था गरिएको भन्दै व्यवसायीहरुले त्यसलाई पुनर्विचार गर्नुपर्ने माग राखेका छन् ।

नेपालमा रहेका ३० वटा फलामे छड उत्पादक कम्पनीहरु मध्ये २४ वटा उद्योगले बिलेट आयात गर्ने गरेको र ६ वटाले मात्रै पत्रु पगाली डण्डी उत्पादन गर्ने गरेको बताउँदै उद्योगीहरुले सरोकारवालासँग छलफल नै नगरी सरकारले गरेको नयाँ व्यवस्था फिर्ता हुनुपर्ने माग गरे । यो व्यवस्थाले सोझै बिलेट प्रयोग गरी निर्माण हुने डण्डी महंगो हुन जाने हुँदा सीमित उद्योगलाई मात्रै फाइदा हुने नीतिबाट सरकार पछाडि हट्नुपर्ने उनीहरुको भनाइ छ ।

बिलेट आयात गरी छड उत्पादन गर्दै आइरहेका उद्योगीहरुले सोमबार पत्रकार सम्मेलन गरी सरकारको नीतिबाट २४ वटा उद्योगहरु प्रतिस्पर्धा गर्न नसकि बन्द हुने अवस्थामा पुग्नसक्ने तर्फ सचेत गराए । ‘यो व्यवस्थाले बिलेटबाट डण्डी उत्पादन गर्दा प्रतिकेजी ५ देखि ६ रुपैयाँ महंगो पर्न जान्छ । यसको प्रत्यक्ष मारमा ग्राहक पर्छन्,’ उनीहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्राइम बिलेट देशमा उत्पादन नहुने हुँदा विदेशबाट आयात गर्नुपर्ने आफूहरुको बाध्यता रहेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं सिद्धि लक्ष्मी स्टिलका सञ्चालक अञ्जन श्रेष्ठले बताए । पत्रकार सम्मेलनमा बोल्दै पञ्चकन्या स्टिलका सञ्चालक प्रदीपकुमार श्रेष्ठले सरकारको नयाँ नीतिले उद्योगहरु बन्द हुनसक्ने सरकारको ध्यानाकर्षण गराए ।

उद्योगीहरुद्वारा जारी १२ बुँदे ध्यानाकर्षण पत्रसहितका प्रेस विज्ञप्तिः

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...