सडक महोत्सवको वेटर रेसमा व्यञ्जनका प्रदीप र वेट्रेसतर्फ आलमोण्डका एन्जिला प्रथम

पोखरा । २३ औं पोखरा सडक महोत्सव अन्तर्गत वेटर रेस प्रतियोगिता सम्पन्न भएको छ । सम्पन्न प्रतियोगितामा वेटरतर्फ ब्यञ्जन रेष्टुरेण्टका प्रदिप पराजुली प्रथम भएका छ ।  ब्यञ्जनकै सुवास श्रीपाली द्वितीय, बुम¥याङ रेष्टुरेण्टका कृष्ण सुनवार तृतीय तथा चिल्ली बारका मिलन गुरुङ सान्त्वना भएका छन् ।

वेट्रेसतर्फ आलमोण्ड क्याफेका एन्जिला पुन प्रथम, चिल्ली बारका शान्ति चौलागाई द्वितीय, फ्लेम रेष्टुरेण्टका सन्ध्या गुरुङ तृतीय तथा बिल्ली बन्टरका प्रार्थना राई सान्त्वना भए ।

विजयी खेलाडीहरुले क्रमश नगद ५, ३, २ र १ हजार नगद सहित प्रमाण–पत्रले पुरस्कार प्राप्त गरे । उनीहरुलाई पोखरा महानगरपालिका वडा नम्बर ६ का वडासदस्य हरिकृष्ण पहारीले पुरस्कार प्रदान गरे ।

jutta mela

खहरेस्थित चिल्लीबार रेष्टुरेण्ट अगाडिबाट शुरु भएको दौडमा सहभागीहरुले ट्रे मा पानीको बोत्तल र ग्लासमा पेय पदार्थ लिएर दौडिएका थिए । बिल्ली बण्टर रेष्टुरेण्ट हुँदै पुनः चिल्लीबारसम्मको २ सय मिटर दुरी पार गरेको कार्यक्रमका संयोजक लोक गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.