‘आज इभको दिन सडक महोत्सवमा अवलोकनकर्ताको आकर्षण देखिनेछ’

विकास भट्टराई, महासचिव, रेवान पोखरा

रेवान पोखराद्वारा आयोजित २३औं संस्करणको सडक महोत्सव जारी छ । महोत्सव अन्तर्गत आज (शुक्रबार) इभको दिन पोखरामा पर्यटकको भिड लाग्नेछ । अँग्रेजी नयाँ वर्षलाई आज हामीले महोत्सव स्थलबाट भव्य स्वागत गर्नेछौं । हिजो बिहीबार महोत्सवको उद्घाटन भव्य रुपमा भइसकेको छ । महोत्सव भोलि शनिबारसम्म जारी रहन्छ ।

पर्यटन प्रवद्र्धनको लक्ष्यसहित आयोजित महोत्सव पोखराको ३ किलोमिटर खुल्ला सडकमा भइरहेको छ । महोत्सव अन्तर्गत आज विपुल क्षेत्री एण्ड ट्राभलिङ ब्याण्डको प्रस्तुति रहने छ । जुन कार्यक्रममा युवा पुस्ताको आकर्षण देखिनेछ । दिउसो पनि सडकमा रहेका ३ वटा स्टेजमा लोकदोहोरीसहित विविध सांस्कृतिक कार्यक्रम हुन्छ ।

यस अगाडि ५ दिनसम्म चल्ने महोत्सव यस वर्ष कोभिड संक्रमणलाई मध्यनजर गरी ३ दिन गर्न लागिएको हो । स्वास्थ्य सतर्कतासहित महोत्सव गरिरहेका छौं । ‘सडकमै खाउँ, सडकमै रमाऔं’ भन्ने मूल नाराका साथ पोखरामा वर्षेनी सडक महोत्सव आयोजना हुँदै आइरहेको छ । महोत्सवमा स्थानीय कला र संस्कृति संरक्षणसँग सम्बन्धित गतिविधि तथा झाँकीहरुको प्रदर्शनीसमेत भइरहेको छ ।

jutta mela

सडक महोत्सवले पोखरा सहित यस क्षेत्रकै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुगिरहेको हामीले विश्वास लिएका छौं । सडक महोत्सव पोखराबासीको साझा पर्वकै रुपमा विकसित भइसकेको छ र ब्राण्डका रुपमा स्थापित भएको छ ।

You might also like

Comments are closed.