सडक महोत्सवको अवसरमा पर्यटनका विषयमा वहस हुँदै

पोखरा । रेवान पोखराद्वारा आयोजित २५औं संस्करणको सडक महोत्सवको अवसरमा पर्यटनका विषयमा केन्द्रित रहेर विशेष छलफल तथा बहस हुने भएको छ । ‘नेपालमा दीगो पर्यटनका अभ्यास’ र ‘पोखराको पर्यटनमा सम्भावना र चुनौतिहरु’ विषयमा केन्द्रित रहेर विज्ञहरु तथा सरोकारवालाहरुका बीचमा छलफल तथा बहस हुन लागेको रेवान पोखराका द्वितीय उपाध्यक्ष एवं कार्यक्रम संयोजक वसन्त गौतमले जानकारी दिए ।

नेपालमा दीगो पर्यटनका अभ्यास विषयमा पुस १३ गते (डिसेम्बर २९) मा गौरीघाटमा कार्यक्रम हुनेछ । उक्त कार्यक्रमको सहजकर्ताको भूमिकामा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका प्रिन्सिपल प्रकाश रेग्मी रहनेछन् । छलफलमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटासहित, विजय अमात्य, डा. रामजी शर्मा, नबिन पोखरेल सहभागी हुनेछन् ।

पोखराको पर्यटनमा सम्भावना र चुनौतिहरु विषयको छलफल पुस १४ गते (डिसेम्बर ३०) मा हल्लनचोकमा हुनेछ । उक्त कार्यक्रमको प्यानलिस्टमा पोखरा महानगरका मेयर धनराज आचार्यसहित लक्की क्षेत्री, शिव ढकाल र गणेश भट्टराई सहभागी हुनेछन् । कार्यक्रमको सहजकर्ता अध्यापक दीपेन्द्र पहारी रहनेछन् । दुवै कार्यक्रम दिउँसो २ बजेबाट ४ बजेसम्म चल्नेछ ।

पर्यटनका क्षेत्रको छलफलका लागि कार्यक्रम निकै प्रभावकारी हुने कार्यक्रम संयोजक गौतम बताउँछन् । ‘पर्यटनमा हिजोका दिनको समिक्षासहित आगामी दिनमा बनाउनुपर्ने नीति तथा पर्यटनको सम्भावन र अवसरका बारेमा गहन बहस तथा छलफल हुनेछ,’ उनले भने ।

 

You might also like

Comments are closed.