पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा, ३१ डिसेम्बरमा विपुलको प्रस्तुति

पोखरा । रेवान पोखराद्वारा आयोजित २३औं संस्करणको सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । अँग्रेजी नयाँ वर्षको अवसरमा पुस १५ देखि १७ सम्म पोखरामा सडक महोत्सव हुँदैछ । महोत्सवका प्राय सबै तयारी सकिएको संयोजक नरेश भट्टराईले जानकारी दिए । ‘महोत्सवका लागि तयारी अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘अब हामी उद्घाटन कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउने गरी तयारीमा छौं ।’

पर्यटन प्रवद्र्धनको लक्ष्यसहित आयोजित महोत्सव पोखराको ३ किलोमिटर खुल्ला सडकमा हुँदैछ । महोत्सव अन्तर्गत ३१ डिसेम्बरको दिन विपुल क्षेत्री एण्ड ट्राभलिङ ब्याण्डको प्रस्तुति रहने भट्टराईले जानकारी दिए ।

यस अगाडि ५ दिनसम्म चल्ने महोत्सव यस वर्ष कोभिड संक्रमणलाई मध्यनजर गरी ३ दिन गर्न लागिएको हो । स्वास्थ्य सतर्कतासहित महोत्सव आयोजना गर्न लागिएको रेवान पोखराका महासचिव तथा प्रचार प्रसार संयोजक विकास भट्टराईले बताए ।

jutta mela

‘सडकमै खाउँ, सडकमै रमाऔं’ भन्ने मूल नाराका साथ पोखरामा वर्षेनी सडक महोत्सव आयोजना हुँदै आइरहेको छ । महोत्सवमा स्थानीय कला र संस्कृति संरक्षणसँग सम्बन्धित गतिविधि तथा झाँकीहरुको प्रदर्शनीसमेत गरिने रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए ।

You might also like

Comments are closed.