स्टडी ग्रुपले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य गर्दै

काठमाडौं । अन्तर्राष्ट्रिय विश्वविद्यालय र कलेजहरूमा नेपाली विद्यार्थीहरूको भर्नामा उल्लेख्य वृद्धि भएको देखेर अग्रणी विश्वव्यापी अन्तर्राष्ट्रिय शिक्षा प्रदायक स्टडी ग्रुपले ल्यान्कास्टर युनिभर्सिटी (इङ्गल्याण्ड), टेसाइड युनिभर्सिटी (इङ्ल्यान्ड), युनिभर्सिटी अफ एबरडीन(स्कटल्याण्ड) र डिपाउल युनिभर्सिटी (शिकागो) लगायतका विभिन्न संस्थाहरूसँग साझेदारी गरेको छ । यस संघले विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई त्यहाँ गुणस्तरीय शिक्षा र कार्य अनुभवमा पहुँच प्रदान गर्न प्रयास गरिरहेको छ ।

सन् २०२० देखि अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा भर्ना हुने नेपाली विद्यार्थीहरूको संख्या ३६ प्रतिशतले बढेको छ । वास्तवमा, गत वर्षदेखि, ५५% नेपाली विद्यार्थीहरूले उत्तर अमेरिकाको आफ्नो मनपर्ने विश्वविद्यालयहरूमा आवेदन दिएका थि ए। त्यसै गरि बेलायतका विश्वविद्यालयहरूमा ४५% र १०% ले अष्ट्रेलियालाई आफ्नो मनपर्ने गन्तव्यको रूपमा रोजेका थिए । यी मध्ये अधिकांश विद्यार्थीहरु नेपालका बाग्मती, गण्डकी र लुम्बिनी क्षेत्रका रहेका छन् ।

यो उल्लेखनीय साझेदारीको बारेमा टिप्पणी गर्दै, स्टडी गु्रपका दक्षिण एसियाका क्षेत्रीय निर्देशक श्रीनि बन्दाराले भने, “हामीले यी विश्वविद्यालयहरू लगायत विश्वभरका विश्वविद्यालयहरूसँग साझेदारी गर्छौँ जसले नेपाली विद्यार्थीहरूलाई मुख्य व्यावसायिक दक्षताका साथ अध्ययन गर्न र उनीहरूको छनोट गरिएको क्षेत्रमा शैक्षिक प्रवीणता विकास गर्ने प्रयासमा सहयोग पु¥याउँछ । हामीले काम गर्ने संस्थाहरूसँग विद्यार्थीको रोजगारीमा केन्द्रित रहेको उच्च गुणस्तरका कार्यक्रमहरू छन् जसले विद्यार्थीहरूलाई सशक्तिकरण गर्ने र उच्च शिक्षा र रोजगारीमा उनीहरूलाई सफल बनाउने उद्देश्यसँग पूर्ण रूपमा प्रतिबद्ध छ जुन स्टडी गु्रपको मुख्य लक्ष्य पनि हो। हामी सँगै मिलेर यी महत्वाकांक्षी विद्यार्थीहरूलाई डिग्री–लेभलको अध्ययनमा उनीहरुलाई सफलत हुनको लागि तयार गर्नेछौं र २१ औं शताब्दीको कार्यस्थलमा उनीहरुलाई फस्टाउँनेछौँ ।”

स्टडी ग्रुपले बेलायत, युरोप, अष्ट्रेलिया, न्यू जिल्याण्ड र उत्तर अमेरिकाका विभिन्न विश्वविद्यालयहरूसँग साझेदारी गरेर २५ वर्ष भन्दा बढीको लागि लगातार मार्केट–लिडिंग पोजिसन स्थापित गरेको छ। यो ग्रुप उच्च शिक्षा र रोजगारीमा विद्यार्थीहरुको सफलता र प्रगतिलाई समर्थन गर्नमा केन्द्रित रहेको छ ।

 

You might also like

Comments are closed.