पोखरा । विश्व शान्ति स्तूप समिति पोखराको अध्यक्षमा उत्तममान बुद्धाचार्य चयन भएका छन् । उनको अध्यक्षतामा १३ सदस्यिय नयाँ कार्यसमिति चयन भएको छ ।
त्यसैगरी उपाध्यक्ष अशोक गुरूङ, सचिव प्रकाशमान उदास, कोषाध्यक्ष अशोकमान बुध्दाचार्य, सह–सचिव चमबहादुर गुरूङ र सह कोषाध्यक्ष अनिल रत्न बुध्दाचार्य चयन भएका छन् । सदस्यहरूमा खेमराज पौडेल, कृष्णमान गुभाजू, गोविन्द ताम्राकार, मनबहादुर गुरूङ, दुर्गा बहादुर गुरूङ, राजकुमारी गुरूङ र जमुना गुरूङ रहेका छन् ।
प्रकाशमान गुभाजू निर्वाचन संयोजक रहेकोे निर्वाचन समितिका सदस्यहरू क्या. भुवन सिं गुरूङ र सूबेदार यम बहादुर गुरूङ थिए । नवनिर्वाचित समितिलाई निर्वाचन संयोजक प्रकाशमान गुभाजू, निवर्तमान अध्यक्ष शंकर गुरूङ लगायतले शुभकामना व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष उत्तममान बुध्दाचार्यले स्तूप विकासको लागी आफ्नो प्रतिवद्धता व्यक्त गर्दै उपस्थित सम्पूर्णलाई धन्यवाद दिए ।
वि. सं. २०३० भाद्र २७ गते पूर्णिमाको दिन निप्पोनजान म्योहोजी जापानका संस्थापक फूजी गुरूजी, अनगारिका गुरूमा धर्मशीला र पूर्व मन्त्री मीन बहादुर गुरूङले विश्व शान्ति स्तूपको शिलान्यास गरेका थिए ।
विश्व शान्ति स्तूप, अनदू, मिनथुम्की, पोखराको ११ औ बार्षिक साधारण सभा तथा पाँचौै अधिवेशन कोरोना कहरको विचमा भौतिक दूरी कायम गरि सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
विश्वशान्ति स्तुप समिति निवर्तमान अध्यक्ष एवं निर्वाचन संयोजक प्रकाशमान गुभाजूले घेरूवामा दिप प्रज्वलन गरि कार्यक्रम उदघाटन गरेका थिए । शंकर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उत्तममान बुध्दाचार्यले स्वागत मन्तब्य, सचिव अशोक गुरूङले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष अशोकमान बुध्दाचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने धर्मशीला बुध्द विहार दायक सभाका अध्यक्ष गोविन्द ताम्राकारले शुभकामना दिएका थिए ।
Comments are closed.