काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको व्यापार समितिको सभापतिमा डा. सुबोध कुमार गुप्ता मनोनीत भएका छन् ।
वीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्षसमेत रहेका उनी महासंघको कार्यसमितिमा निर्वाचित भएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको वैशाख ३ गते बसेको पहिलो बैठकले दिएको अख्तियारी अनुसार महासंघका अध्यक्ष चन्द्र ढकालले महासंघको विधान ३८(ग) अनुसार व्यपार समितिको सभापतिमा गुप्तालाई मनोनीत गरेका हुन् ।
गुप्ता नेपाल दाल चामल तथा तेल उद्योग संघका केन्द्रीय अध्यक्षसमेत हुन् ।






Comments are closed.