महासंघको आसन्न निर्वाचनमा डा. सुवोधकुमार गुप्ताले उम्मेदवारी दिने

वीरगन्ज । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा डा. सुवोधकुमार गुप्ताले उम्मेदवारी दिने भएका छन् ।

महासंघको कार्यकारिणी सदस्यमा उनले उम्मेदवारी दिने भएका हुन् । बर्तमान कार्यसमितिमा समेत गुप्ताले कार्यकारिणी सदस्य भएर काम गरिरहेका छन् ।

यसैबीच, नेपाल चामल तेल दाल उद्योग संघ परिवारले महासंघमा गुप्तालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । गुप्ता संघको अध्यक्षसमेत हुन् ।

jutta mela

वीरगन्ज उद्योग वाणिज्य संघको निबर्तमान अध्यक्षसमेत रहेका गुप्ता लामो समयदेखि व्यावसायिक क्षेत्रमा सक्रिय छन् ।

You might also like

Comments are closed.