पोखरा चाइनिज ईटाको मुख्य प्रायोजनमा लेखनाथ महोत्सव जारी

सुवोध त्रिपाठी, निर्देशक, पोखरा चाइनिज ईटा उद्योग

पोखरा चाइनिज ईट्टा उद्योग रुपा गाउँपालिकाको पोल्याङमा अवस्थित छ । हामीले एक महिना अगाडिदेखि व्यावसायिक रुपमा ईट्टा उत्पादन सुरु गरिसकेका छौं । हाम्रो उद्योग लेखनाथ क्षेत्रभित्रकै सेरोफेरोमा भएकाले पनि यस क्षेत्रप्रति हाम्रो पनि उत्तरदायित्व छ । हामी लेखनाथकै स्थानीय भएकाले पनि महोत्सवमा सहभागिता जनाएका हौं । पोखरा चाइनिज ईट्टा लेखनाथ महोत्सवको मुख्य प्रायोजक बनेकोमा हामीले गौरव महसुस गरेका छौं ।

पोखरा चाइनिज ईटाको मुख्य प्रायोजनमा लेखनाथ महोत्सव जारी छ । लेखनाथ महोत्सवमा धेरै दर्शकहरूको सहभागिता रहने भएकोले पनि  महोत्सवले पनि निरन्तरता पाएको छ । हामीले महोत्सवमा सहभागी दर्शकलाई हाम्रो बारेमा जानकारी होस् भनेर पनि महोत्सवलाई प्रायोजन गरेका हौं । लेखनाथ महोत्सवको उद्देश्य भनेको नै स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नु हो । यसले पनि हामीलाई महोत्सवमा सहभागिता जनाउन हौसला मिलेको हो । जुन उद्देश्य अनुसार हामी सफल पनि भएका छौं ।

हामीले सोलिड र हलो ब्रिक गरी २ किसिमका ईंटा उत्पादन गरिरहेका छौं । हामीले हलो ब्रिकलाई प्राथमिकताका साथ उत्पादन गरिरहेका छौं । हलो ब्रिक पनि सामान्य खालको ईट्टा नै हो तर यसको बीचमा प्वालहरू हुन्छ । यो ईट्टा अरुभन्दा हलुका पनि हुन्छ र सिमेन्टले पनि राम्रोसँग समात्छ । वार्षिक १ करोड ईट्टा उत्पादन गर्ने लक्ष्यका साथ हामी अघि बढिरहेका छौं ।

 

You might also like

Comments are closed.