रिपोर्टर्स क्लबमा ‘हामी नेपाल’ का सुदन गुरुङमाथि हमला प्रयास

काठमाडौं । जेनजी आन्दोलनको नेतृत्व गरिरहेका ‘हामी नेपाल’ संस्थाका  सुदन गुरुङमाथि रिपोर्टर्स क्लबमा भएको पत्रकार सम्मेलनका क्रममा हमलाको प्रयास भएको छ ।

भदौ २३ गते मारिएका २–३ जनाको परिवारका सदस्यहरुसहित पत्रकार सम्मेलन गरिरहेका गुरुङलाई उद्धारका लागि प्रहरीले स्थलमै पुगेर सुरक्षित निकालेको हो ।

पत्रकार सम्मेलनमा “हामी नेपाल” माथि लागेको आरोपबारे स्पष्टिकरण दिँदै गरेका गुरुङ पत्रकारहरुको प्रश्नका कारण उत्तेजित भएका थिए । उनी बोल्दै गर्दा हलमा होहल्ला भएको र परिस्थिति नियन्त्रणमा लिन लाइभको साउण्डसमेत म्यूट गरिएको थियो ।  गुरुङलाई तिब्बती स्वतन्त्रता समर्थक र भारतीय नागरिक भएको आक्षेप लगाइँदै आएको छ ।

You might also like

Comments are closed.