पशुपति परिसरमा शिवरात्रिमा सिसिटिभीमार्फत निगरानी राख्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले महाशिवरात्रिमा पशुपति परिसर क्षेत्रमा सुरक्षा व्यवस्था बलियो बनाउन सिसिटिभीमार्फत निगरानी राख्न निर्देशन दिएका छन् ।

महाशिवरात्रिको पूर्व सन्ध्यामा आयोजित सरसफाइ अभियानमा सहभागी हुँदै उनले सो निर्देशन दिएका छन् । साथै उनले पशुपति क्षेत्रमा आउने दर्शकका लागि सहज शौचालयको व्यवस्था गर्न समेत निर्देशन दिएका छन् ।

आज “स्वच्छ पशुपति, सफा पशुपति” भन्ने नाराका साथ सुरु भएको सरसफाइ अभियानका क्रममा मन्त्री किरातीले यस क्षेत्रमा कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि छुट्टा-छुट्टै ‘डस्टिबिन’ राख्न कोषका पदाधिकारीलाई निर्देशन दिए ।

आजदेखि सुरु भएको पशुपति क्षेत्र सरसफाइ अभियान एक सातासम्म चल्ने छ ।

You might also like

Comments are closed.