पोखरा उद्योग वाणिज्य संघको महासचिवमा सुदिप प्रधानाङ्गको उम्मेदवारी घोषणा

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी ३६औं महाधिवेशनमा युवा व्यवसायी सुदिप प्रधानाङ्गले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । संघको महाधिवेशन आगामी २० र २१ गते हुँदैछ ।

संघका वर्तमान उप–महासचिव समेत रहेका प्रधानाङ्ग बिरौटा हार्डवेयर एण्ड सेनेटरीका सञ्चालक हुन् । उनले यसअघि संघको ३३ औँ, ३४ औँ र ३५ औँ महाधिवेशनमा उद्योगी व्यवसायीको अत्यधिक मतसहित विजयी भई विभिन्न जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन् ।
‘विगतका कार्यकालमा उद्योगी व्यवसायी सदस्यहरूले देखाउनुभएको विश्वास र अमूल्य मतप्रति हार्दिक आभार व्यक्त गर्दछु,’ उनले भनेका छन्, ‘म व्यवसायीहरूको हक, हित र अधिकारको संरक्षण तथा संघको सुदृढीकरणका लागि निरन्तर क्रियाशील रहनेछु ।’

विगतमा सदस्यहरुबाट प्राप्त विश्वास र मतको कदर गर्दै आगामी दिनमा पनि आफ्ना सम्पूर्ण क्षमताले भ्याएसम्म उद्योगी व्यवसायीको हितका लागि समर्पित रहने उनको भनाइ छ । प्रधानाङ्गले भनेका छन्, ‘आगामी भाद्र २० र २१ गते हुने ३६ औँ महाधिवेशनमा महासचिव पदमा मलाई अत्यधिक मतले विजयी गराउनुहुन सम्पूर्ण अभिभावक तथा उद्योगी व्यवसायी सदस्यज्यूहरूमा हार्दिक अपिल गर्दछु ।’

 

You might also like

Comments are closed.

Secret Link