पोखरा उद्योग वाणिज्य संघको महासचिवमा सुदिप प्रधानाङ्गको उम्मेदवारी घोषणा

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी ३६औं महाधिवेशनमा युवा व्यवसायी सुदिप प्रधानाङ्गले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । संघको महाधिवेशन आगामी २० र २१ गते हुँदैछ ।

संघका वर्तमान उप–महासचिव समेत रहेका प्रधानाङ्ग बिरौटा हार्डवेयर एण्ड सेनेटरीका सञ्चालक हुन् । उनले यसअघि संघको ३३ औँ, ३४ औँ र ३५ औँ महाधिवेशनमा उद्योगी व्यवसायीको अत्यधिक मतसहित विजयी भई विभिन्न जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन् ।
‘विगतका कार्यकालमा उद्योगी व्यवसायी सदस्यहरूले देखाउनुभएको विश्वास र अमूल्य मतप्रति हार्दिक आभार व्यक्त गर्दछु,’ उनले भनेका छन्, ‘म व्यवसायीहरूको हक, हित र अधिकारको संरक्षण तथा संघको सुदृढीकरणका लागि निरन्तर क्रियाशील रहनेछु ।’

विगतमा सदस्यहरुबाट प्राप्त विश्वास र मतको कदर गर्दै आगामी दिनमा पनि आफ्ना सम्पूर्ण क्षमताले भ्याएसम्म उद्योगी व्यवसायीको हितका लागि समर्पित रहने उनको भनाइ छ । प्रधानाङ्गले भनेका छन्, ‘आगामी भाद्र २० र २१ गते हुने ३६ औँ महाधिवेशनमा महासचिव पदमा मलाई अत्यधिक मतले विजयी गराउनुहुन सम्पूर्ण अभिभावक तथा उद्योगी व्यवसायी सदस्यज्यूहरूमा हार्दिक अपिल गर्दछु ।’

 

You might also like

Comments are closed.