पोखरा । सुजल डेरी प्रालिले पोखराको लेकसाइडस्थित बाराही चोकमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’को पार्लर सञ्चालनमा ल्याएको छ। बाराही चोकमा संचालनमा ल्याइएको नयाँ पार्लर नेपालमा लभबर्ड्सको चौथो र पोखरामा दोस्रो आउटलेट हो। काठमाडौंको नक्साल, महाराजगंञ्ज, पोखराको चिप्लेढुंगामा आउटलेट सञ्चालनमा छन्। आगामी दिनमा संजाल थप विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले नयाँ पार्लरको उद्घाटन गरेका हुन् । कार्यक्रममा स्थानीय विशिष्ट व्यक्तित्व, पर्यटन व्यवसायी, च्यानल पार्टनर तथा आइसक्रिमप्रेमीको सहभागिता थियो। नयाँ पार्लरको सञ्चालनले पोखरामा गुणस्तरीय स्थानीय डेरी उत्पादनको प्रवर्द्धनसँगै रोजगारी सिर्जना र स्थानीय पर्यटनमा योगदान पुर्याउने विश्वास लिइएको छ।
लभबर्ड्सले उत्कृष्ट सामाग्री प्रयोग गरी नवीनता, फरक स्वाद र उपभोक्ता अनुभवलाई ध्यानमा राख्दै सबै उमेर समूहका लागि आइसक्रिमलाई तीन श्रेणीमा विभाजन गरेको छ। जसअन्तर्गत क्लासिक फ्लेभर्सको सानो स्कुपलाई १५० रुपैयाँ र रेगुलर स्कुपलाई २३० रुपैयाँ तोकिएको छ। यस्तै प्रिमियम फ्लेभर्सको सानो स्कुप १७५ रुपैयाँ र रेगुलर २५५ रुपैयाँ तथा एक्जोटिक फ्लेभर्सको सानो स्कुप २२५ रुपैयाँ र रेगुलर स्कुपलाई ३१० रुपैयाँ पर्नेछ।
’
लेकसाइड घुम्न आउने स्थानीय तथा पर्यटक दुवैलाई लक्षित गर्दै पार्लरमा आरामदायी खानपिन (डाइन-इन) सुविधा तथा छिटो लैजान सकिने (टेक-अवे) सेवाको व्यवस्था गरिएको छ। आइसक्रिम पार्लर बिहान १० बजेदेखि बेलुका ११ बजेसम्म खुल्ने बताइएको छ ।




Comments are closed.