‘स्वस्थ रहनको लागि फिटनेस अनिवार्य आवश्यकता हो’

पछिल्लो समय फिटनेस प्रतिको आम धारणा निकै सकारात्मक बन्दै गएको छ । आफ्नो स्वास्थ्य प्रति सचेत र चासो राख्नेले शारीरिक अभ्यासलाई प्राथमिकता दिँदै आएका छन् । यही शारीरिक अभ्यासलाई थप व्यवस्थित र सन्तुलित बनाउन फिटनेस क्लबले सहयोगी भूमिका खेल्दै आएका छन् । यही मध्येको एक हो–आरओसी फिटनेस । आरओसीका सञ्चालक सुजन श्रेष्ठ फिटनेस सबैको आवश्यकताको विषय भएको बताउँछन् । फिटनेसलाई दैनिकी भित्र पार्न सके धरै शारीरिक तथा स्वास्थ्य समस्याबाट छुटकारा पाउने उनको भनाइ छ । फिटनेस क्लबसहित अन्य व्यवसायमा समेत संलग्न श्रेष्ठसँग आर्थिक आवाजकर्मी पुरूषोत्तम कँडेल (राज) ले कुराकानी गरेका छन् ।

हामी स्वस्थ रहन फिटनेसको महत्व कस्तो रहन्छ ?
फिटनेस हाम्रोे स्वास्थ्यसँग जोडिएको विषय हो । आफ्नो स्वास्थ्य प्रति संवेदनशील हुने जोकोहीका लागि फिटनेस आवश्यक छ । फिटनेस अहिले लाइफ स्टाइलसँग जोडिएको छ । हामी स्वस्थ रहनका लागि फिटनेस अनिवार्य छ । हामी बिरामी भएर खर्च गरिरहेका हुन्छौं, खर्च मात्र होइन बिरामी भएर भोग्नु परेका पीडा छुट्टै छ । फिटनेसले विभिन्न खालका रोग लाग्नबाट बचाउन यसले काम गरेको हुन्छ ।

फिटनेसको कमिले के समस्या हुन्छ ?
फिटनेसको कमिले गर्दा अहिले हामीमा विभिन्न रोग लाग्न थालेको छ । विभिन्न खालका रोग नियन्त्रणका लागि पनि फिटनेस अति आवश्यक बनेको हो । चिल्लो खानेकुरा धेरै खाने तर व्यायाम नगर्ने भएकाले अहिले फ्याट्टी लिभर प्रायःको समस्या बन्ने गरेको छ । सबै स्वस्थ हुनुपर्छ भन्ने कुरालाई मध्यनजर राख्दा फिटनेस जरुरी छ । फिटनेसको कमीले मोटोपन बढ्छ । मोटोपनका कारण मानिसहरू मधुमेह, उच्च रक्तचाप, युरिक एसिड लगायत विभिन्न रोगको सिकार हुन्छन् ।

सबै उमेर समूहले फिटनेस गर्न सक्छन् ?
समय व्यवस्थापन गरेर हरेक दिन व्यायाम गर्नुपर्छ र आफू स्वस्थ हुनुपर्छ भन्ने सोच भएका कारण पनि फिटनेस सेन्टरहरु सञ्चालनमा आएका छन् । जसरी राम्रो घर, गाडी, ब्राण्डेड कपडा चाहिन्छ त्यसैगरि फिटनेस पनि मानिसको जीवनमा अति आवश्यक छ । यसमा कुनै उमेर समूह भन्ने हुँदैन । बच्चादेखि बृद्धसम्म नै फिटनेसमा लाग्नुपर्छ । फिटनेसका लागि हेल्दी डाइट पनि आवश्यक हुन्छ । कसलाई कति क्यालोरी आवश्यक पर्छ सोही अनुसार डाइट प्लान गर्दा राम्रो हुन्छ ।

आरओसी फिटनेस क्लबमा किन आउने ?
फिटनेसको महत्वलाई मध्यनजर गर्दै हामीले २०७८ साउन १ गतेदेखि आरओसी फिटनेस क्लब काठमाडौंको तीनकुनेमा सञ्चालनमा ल्याएका हौं । हामीले पारिवारिक वातावरणमा फिटनेस क्लब सञ्चालन गरिरहेका छौं । हाम्रोमा फिटनेसका लागि आउने मानिसले सहज तरिकाले व्यायाम गर्न सक्नुहुन्छ । हामीले फिटनेसका लागि आवश्यक बेसिक कुराहरुदेखि नै सिकाउँछौं । सर्टिफाइड, दक्ष तथा अनुभवी प्रशिक्षक हामीसँग हुनुहुन्छ । युरोपियन स्टाण्डर्डका अत्याधुनिक मेसिनहरू हामीसँग छन् । लोकेसनको हिसावले पनि हामी राम्रो ठाउँमा छौं । बिहान ५ बजेदेखि बेलुका ९ बजेसम्म खुला रहन्छ । आफू अनुकुल समयमा आएर फिटनेसमा सहभागी हुन सकिन्छ ।

फिटनेससँगै अन्य कुनकुन व्यवसायमा तपाईंको संलग्नता छ ?
आरओसी फिटेनस क्लबसँगै म रेष्टुरेन्ट व्यवसायमा पनि आवद्ध छु । रोयल ओसियन (आरओसी) क्याफे नरेफाटमा सञ्चालनमा छ । २०७२ सालको भूकम्पपछि क्याफे सञ्चालनमा ल्याएका हौं । करिब १ सय ५० जना क्षमता रहेको सो क्याफेमा स्वस्छ तथा स्वस्थ खाजाका विभिन्न परिकार उपलब्ध छन् । क्याफेमा २० जनाले रोजगारी पाएका छन् । फास्ट फुड आइटम, कफि, फ्रेस जुस, खाजाका विभिन्न परिकार पाइन्छ । निर्माण व्यवसायमा पनि मेरो संलग्नता छ । २०७२ सालदेखि म यसमा आवद्ध छु । निर्माण सम्वन्धी विभिन्न काम गरेको अनुभव म सँग छ । मेरो बुवा श्यामकुमार श्रेष्ठ र दाजुहरु यसमा आवद्ध हुनुहुन्छ । यो हाम्रो फेमिली विजनेस हो ।

क्याफे सञ्चालन गर्ने सोच कसरी आयो ?
स्वस्थ तथा स्वच्छ खाजा खाने ठाउँको आवश्यकता महसुस गरी क्याफे सञ्चालन गर्ने सोच आएको हो । नरेफाँट क्षेत्रमा आधुनिक तथा सुविधासम्पन्न क्याफेको आवश्यकता पनि महसुस भएको थियो । त्यसलाई हामीले पूरा गरेका हौं ।

 

You might also like

Comments are closed.