lcci festival

पोखरा सडक महोत्सवः नयाँ वर्षको रंगीन पर्व

सुमन भट्टराई, सह–संयोजक, २७ औं पोखरा सडक महोत्सव

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुन लागेको २७ औं संस्करणको पोखरा सडक महोत्सवमा म सम्पूर्ण स्वदेशी तथा विदेशी पाहुनालाई हार्दिक आमन्त्रण गर्दछु । नयाँ वर्षलाई उत्साह, उमंग र खुसीका साथ मनाउन हामी सबैलाई सडक महोत्सवमा स्वागत गर्न आतुर छौं । पोखरा सडक महोत्सव केवल उत्सव मात्र होइन, पोखराको पहिचान र गौरवसँग जोडिएको एक महत्वपूर्ण कार्यक्रम हो । सडक महोत्सवमा बालबालिका, सेफ, युवा, परिवार, आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी विभिन्न मनोरञ्जनात्मक तथा सिर्जनात्मक प्रतियोगिताहरू आयोजना गरिनेछन् ।

सांस्कृतिक कार्यक्रम, लाइभ संगीत, खानाका विविध परिकार, खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिले महोत्सवलाई अझ आकर्षक बनाउनेछन् । यसले सबै उमेर समूहका दर्शकलाई सहभागी हुन प्रेरित गर्ने विश्वास लिएका छौं । पोखरामा निरन्तर रूपमा हुँदै आएको सडक महोत्सवले आफ्नो छुट्टै गरिमा र पहिचान निर्माण गर्न सफल भएको छ । अंग्रेजी नयाँ वर्ष मनाउनका लागि अहिले पोखरा र पोखरा सडक महोत्सव आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइ बन्दै गएको छ । सुरक्षित, व्यवस्थित र रमाइलो वातावरणमा नयाँ वर्ष स्वागत गर्न सबैलाई २७ औं पोखरा सडक महोत्सवमा सहभागी हुन हार्दिक आग्रह गर्दछु ।

You might also like

Comments are closed.