प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

काठमाडौं । प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त भएका छन् । माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले सीईओ अशोक शेरचनको राजीनामा स्वीकृत गरेपछि माघ २० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई प्रमुख कार्यकारी अधिकृत सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सीईओमा नियुक्त भएका शर्माले चार वर्षका लागि आजदेखि नै कार्यभार सम्हाल्ने भएका छन् । नवनियुक्त सीईओ शर्मासँग बैंकिङ क्षेत्रको शर्मा  २५ वर्ष लामो  अनुभव छ। सीईओ शर्मा यसअघि सनराइज बैंकमा सीईओ थिए। बैंकर शर्मासँग ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे, एनएमबी बैंकलगायतमा काम गरेको अनुभव छ ।

नेदरल्यान्डबाट एमबीए गरेका छन् भने शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट भौतिकशास्त्रमा पनि स्नातकोत्तर गरेका छन् ।

 

You might also like

Comments are closed.