डा. सुमन थपलियालाई ‘टेक्नोलोजी एक्स्लेन्स अवार्ड’

काठमाडौं । साइबर सेक्युरिटीको क्षेत्रमा सक्रिय युवा उद्यमी डा. सुमन थपलिया ‘टेक्नोलोजी एक्स्लेन्स अवार्ड’बाट सम्मानित भएका छन् । नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमबीच ‘डमसोल टेक्नोलोजी’ले थपलियालाई सम्मान गरेको हो ।

नेपालबाट साइबर सेक्युरिटीका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै थपलियालाई सम्मान गरिएको डमसोल टेक्नोलोजीले जनाएको छ ।

डा. थपलिया बिगत ८ वर्षदेखि नेपालको साइबर सेक्युरिटी क्षेत्रमा सक्रिय छन् । सम्मानले आफूलाई साइबर सेक्युरिटीका क्षेत्रमा थप काम गर्न प्रेरणा मिलेको थपलियाले बताए । ‘कामको योगदानसहित सम्मान प्राप्त हुँदा प्रेरणा मिलेको छ,’ उनले भने ।

jutta mela

पूर्व राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश तिमिल्सिना, पूर्व उपप्रधानमन्त्री सुजता कोइराला लगायतको उपस्थिति थियो ।

नेपालसहित भारत, बंगलादेश, भुटान र अष्ट्रेलियाका विभिन्न व्यक्तिहरुलाई पनि सम्मान प्रदान गरिएको थियो ।

You might also like

Comments are closed.