सुमेरु सेक्युरिटिज र आइएएफएसबीच निःशुल्क सेयर सचेतना कार्यक्रम सञ्चालन गर्न सहमति

काठमाडौं । सुमेरु सेक्युरिटिज र आइएएफएसबीच बुधबार सहकार्यको सम्झौता भएको छ।  बजारमा स्टक ब्रोकर नं. ३९ ले परिचित सुमेरु सेक्युरिटिजका संचालक प्रेम अग्रवाल र आइएएफएसका प्रबन्ध निर्देशक सुमन गौतमले एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गर्दै हरेक साताको शुक्रबार लगानीकर्ताहरुलाई निःशुल्क सेयर शिक्षा तथा सेयर सचेतनाको कार्यक्रम सञ्चालन गर्न सहकार्य गर्ने सहमति गरेका हुन्।

कार्यक्रममा बोल्दै सुमेरु सेक्युरिटिजका संचालक प्रेम अग्रवालले यस प्रशिक्षण कार्यक्रम लगानीकर्ताहरुको लगानी सचेतनाको वृद्धिमा मद्दत मिल्ने बताए । यस्ता कार्यक्रमले बजारमा लगानी गर्दा हुने जोखिम न्यूनीकरण गर्न लगानीकर्तालाई सजक हुने विश्वास अग्रवालले लिएका छन्।

आइएएफएसले आधारभुत विश्लेषण, प्राविधिक विश्लेषण, लगानी विश्लेषण तथा पोर्टफोलियो व्यवस्थापन र स्मार्ट इस्भेस्टर जस्ता पाठ्यक्रम पस्कने आई।ए।एफ।एसका प्रबन्ध निर्देशक सुमन गौतमले बताए। असाइनमेन्ट आधारित शिक्षा दिने बताएको आइएएफएसले तालिम लिने विद्यार्थी र लगानीकर्ताहरुलाई कक्षाकोठा सत्र, लाइभ ट्रेडिङ अभ्यासहरू, अनलाइन सपोर्ट र विशेषज्ञ परामर्श दिने तयारी गरेको छ।

आइएएफएसले सरस्वती पूजाको अवसर पारेर माघ १२ गते आफ्नो कार्यालय उट्घाटन गरेको थियो। काठमाडाैंको ज्ञानेश्वरस्थित ज्ञानेश्वर टावर (सुमेरु सेक्युरिटिज रहेको भवन) को चौथौ तल्लाको कार्यालयको उद्घाटन सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले गरेका थिए।

कार्यक्रममा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, निवर्तमान अध्यक्ष छोटेलाल रौनियार, पूर्वअध्यक्ष अम्बिका पौडेल, ग्लोबल आइएमई क्यापिटका सीईओ पारसमणि ढकाल, गरिमा क्यापिटलका सीईओ निर्मल भट्टराई, नबिल इन्भेष्टमेण्टका सीईओ मनिष नारायण जोशी,उद्घाटन कार्यक्रममा सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेल, लगानीकर्ता दिपेन्द्र अग्रवाल , मुक्ति अर्यालय, अतित लाल श्रेष्ठ ,रोहन कार्की लगायत लगानीकर्ताको उपस्थिति थियो।

 

You might also like

Comments are closed.