काठमाडौं । समीट लद्युवित्त वित्तीय संस्था लिमिटेडको ८७ हजार ९ सय कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ ।
कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त सेयर फागुन ६ गते शनिबारबाट बिक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने संस्थाले बताएको छ ।आवेदकले आफूले खरिद गर्न चाहेको कित्ता साथै इच्छुक खरिद समेत खुलाई कम्पनीको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आवेदन दिनुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ ।
Comments are closed.