काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले (क्लासिक) लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्न लागेको अवितरित हकप्रद शेयरका लागि आज असार २३ गतेदेखि बोलपत्र पेश गर्न सकिने भएको छ।
इन्स्योरेन्सले संस्थापक समूहतर्फ लक-इनमा रहेका ८० हजार २२२ कित्ता, सर्वसाधारणतर्फ लक-इनमा रहेका ४ हजार ४९ कित्ता र सर्वसाधारणतर्फ नै लक-इनमा नरहेका १ लाख ४० हजार ४५७ कित्ता अवितरित हकप्रद शेयर बिक्री गर्न लागेको हो।
बोलपत्र पेश गर्ने अन्तिम म्याद असार ३० गतेसम्म कायम गरिएको छ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ।
संस्थापक समूहतर्फ आवेदन दिनेले न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ आवेदन दिनेले न्यूनतम १०० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ। बढी शेयरका लागि १० को गुणात्मक संख्यामा भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ता सम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सन नेपाल लाइफ इन्स्योरेन्सको पुतलीसडक (काठमाडौँ), विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम लिन र बुझाउन सक्नेछन्।
Comments are closed.