पोखरा । युवा पर्यटन व्यवसायी सुनिलबहादुर भट्टराई प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको कार्यसमिति सदस्य पदमा निर्वाचित भएका छन् ।
पाटा नेपालको हालै सम्पन्न ४७औँ वार्षिक साधारण सभाबाट उनी कार्यसमिति सदस्यमा पुनः चुनिएका हुन् । लामो समयदेखि पर्यटन व्यवसाय र प्रवर्द्धनमा सक्रिय भट्टराईको आगमनले पाटा नेपाल च्याप्टरको भावी रणनीति र पर्यटन प्रवद्र्धनात्मक गतिविधिमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ ।


Comments are closed.