पोखरा । नेपाल, इन्डिया, चाइना एक्स्पो ९नाइस० आगामी फेब्रुअरी २४, २५ र २६ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन ९पाटा० नेपाल च्याप्टरको आयोजनामा तथा पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्को सहआयोजनामा हुने यो एक्स्पो माइस टुरिजम प्रवर्द्धनको लक्ष्यसहित पहिलो पटक पोखरामा आयोजना हुन लागेको हो ।
पाटा केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक सुनिलबहादुर भट्टराईका अनुसार एक्स्पोमा करिब ५० जना चिनियाँ बायरहरू, ५० जना हाराहारी भारतीय बायरहरू सहभागी हुनेछन् । नेपाली व्यवसायीहरूले आफ्नो पर्यटन सम्बन्धी विभिन्न उत्पादन तथा सेवाहरू प्रवर्द्धन गर्ने अवसर एक्स्पोमा पाउनेछन् ।
एक्स्पोमा ७० भन्दा बढी स्टलहरू रहनेछन् भने २० जना विदेशी स्पिकरहरूले आफ्नो अनुभव तथा ज्ञान सेयर गर्नेछन् । कार्यक्रमले नेपालमा माइस (Meetings, Incentives, Conferences, and Exhibitions – MICE) टुरिजम प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
![](https://arthikawaj.com/wp-content/uploads/2021/05/Sunil-Bhattarai.jpg)
फेब्रुअरी २२ मा विदेशी पाहुनाहरू नेपाल आइपुग्नेछन् । फेब्रुअरी २३ मा पोखरा तथा आसपासका प्रमुख पर्यटकीय स्थलहरूको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । उनीहरू प्याराग्लाइडिङलगायत विभिन्न पर्यटन गतिविधिमा सहभागी हुनेछन् । प्याराग्लाइडिङका लागि नेपाल एयरस्पोर्टस् एसोसिएसन ९ना०ले सहकार्य गर्नेछ ।
एक्स्पोले नेपाल, भारत र चीनबीचको पर्यटन साझेदारी मजबुत बनाउन, व्यवसायीहरूलाई नयाँ अवसर सिर्जना गर्न तथा पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा प्रवर्द्धन गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।
Comments are closed.