अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी हरेक वर्ष डिसेम्बर २८ देखि जनवरी १ सम्म आयोजना हुँदै आएको पोखरा सडक महोत्सव अहिले देशकै सबैभन्दा लोकप्रिय र प्रतीक्षित सार्वजनिक उत्सवको रूपमा स्थापित भइसकेको छ । “सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं” भन्ने मूल नाराका साथ आयोजना हुने यो महोत्सवले पोखरालाई केवल पर्यटकीय गन्तव्य मात्र होइन, उत्सव र संस्कृतिको सहरका रूपमा चिनाउँदै आएको छ । महोत्सव अवधिभर विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिन्छन् । विभिन्न समुदायका मौलिक नृत्य, लोकसंस्कृतिमा आधारित प्रस्तुती, सांगीतिक कार्यक्रम तथा सांस्कृतिक झाँकीहरूले महोत्सवको रौनक थप्नेछन् । साथै, युवापुस्तालाई लक्षित गर्दै चर्चित तथा उदाउँदा विभिन्न ब्याण्डका लाइभ सांगीतिक प्रस्तुतीहरू पनि आयोजना गरिनेछ ।
यस वर्षको २७ औं पोखरा सडक महोत्सवमा सांस्कृतिक कार्यक्रमसँगै टक–सो, अन्तरक्रिया तथा विशेष प्रस्तुतीहरू पनि समावेश गरिएका छन् । यी कार्यक्रमहरूले पर्यटन, संस्कृति, कला र समाजसँग सम्बन्धित विषयमा विचार–विमर्शको अवसर प्रदान गर्नुका साथै दर्शकलाई ज्ञान र मनोरञ्जन दुवै दिने उद्देश्य राखेको छ । समग्रमा, पोखरा सडक महोत्सव केवल नयाँ वर्ष मनाउने उत्सव मात्र नभई संस्कृति, संगीत, खानाका स्वाद र सामाजिक अन्तरक्रियाको साझा मंच हो । अंग्रेजी नयाँ वर्षलाई स्मरणीय बनाउने उद्देश्यका साथ आयोजना हुने यो महोत्सवले पोखराको पर्यटन प्रवद्र्धन, स्थानीय व्यवसायको सशक्तीकरण र नेपाली सांस्कृतिक पहिचानको प्रवद्र्धनमा निरन्तर योगदान पु¥याउँदै आएको छ । २७ औं पोखरा सडक महोत्सव सबैका लागि अविस्मरणीय उत्सव बन्नेमा हामी विश्वस्त छौं ।



Comments are closed.