काठमाडौं । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न स्थानमा शाखा सञ्चालन गर्दै आइरहेको छ ।
यसै क्रममा बैंकले बाग्मती प्रदेशको भक्तपुरको सूर्यविनायक, गण्डकी प्रदेशको पोखरा अमरसिंह चोक र लुम्बिनी प्रदेशको योगीकुटीमा ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
नयाँ शाखा विस्तार संगै बैंकको १३९ वटा शाखा, ५१ वटा शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु सञ्चालन गर्ने तयारी रहेकोे जनाएको छ ।
Comments are closed.