समता शैक्षिक गुठीलाई सनराइज बैंकको साथ

काठमाडौं । सनराइज बैंकले समता शैक्षिक गुठीलाई ३ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ७७ जिल्लामा ८० विद्यालय सञ्चालन गरी सात हजारभन्दा बढी विद्यार्थीलाई मासिक शुल्क रु १०० मा गुणस्तरीय शिक्षा दिँदै आएको गुठीअन्तर्गतका ६ प्रदेशस्थित ६ विद्यालयलाई पचास हजार रुपैयाँका दरले हुने गरी उक्त रकम प्रदान गरेको हो ।

गुठीले उक्त रकम तोकिएको विद्यालयको सञ्चालनका लागि खर्च गर्ने र त्यहाँ अध्यनरत विद्यार्थीहरुको शिक्षामा यसले सहयोग पु¥याउने जनाएको छ ।

बुधबार आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले समता शैक्षिक गुठीका निर्देशक दीपक सञ्जेललाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै स्तरीय शिक्षाबाटै राष्ट्र निर्माणको आधार तयार हुने बताइन् ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण, महिला तथा विपन्न वर्गलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वव्यापी कोभिड–१९को कठिन अवस्थामा पनि त्यस्ता कार्यलाई निरन्तरता दिँदै जाने जनाएको छ ।

You might also like

Comments are closed.