सनराइज बैंकको ५१ औं शाखारहित बैंकिङ सेवा रुपन्देहीको तिलोत्तमामा शुरु

काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ तिलोत्तमा–६, गणेशपुर, रुपन्देहीमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकको यो ५१ औं शाखारहित बैंकिङ सेवा हो । सो अवसरमा वोल्दै तिलोत्तमा नगरपालिकाको कार्यपालिका सदस्य तथा तिलोत्तमा वडा नं. ६ का सदस्य संगिता गुरुङ प्रमुख अतिथि थिईन् ।

गुरुङ र कार्यक्रमका सभापती तथा मणिग्राम शाखाका शाखा प्रवन्धक अरुण पाण्डेले संयुक्त रुपमा बैंकको शाखारहित बैंकिङ सेवा प्रतिनिधि श्री प्रशान्त न्यौपानेलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बैंकका अन्य कर्मचारीहरुको समेत उपस्थिति थियो ।

पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ ।

jutta mela

हालसम्म सनराइज  बैंकले १३५ वटा शाखा, ५१ वटा शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

You might also like

Comments are closed.