सनराइज ब्लुचिप फण्डले १९ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज ब्लुचिप फण्ड (SBCF) ले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

लक्ष्मी सनराइज बैंकद्वारा प्रवर्द्धित र लक्ष्मी सनराइज क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालित फण्डको साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

घोषित लाभांशमा कर समेत समावेश रहेको छ। फण्डका इकाईधनीहरूले अब १९ प्रतिशत दरमा नगद लाभांश प्राप्त गर्नेछन्।

यो निर्णयले लगानीकर्तामा सकारात्मक सन्देश पुग्ने र म्युचुअल फण्डप्रति विश्वास अझ बलियो हुने अपेक्षा गरिएको छ।

You might also like

Comments are closed.