सनराइज बैंकका ग्राहकलाई बस र हवाई टिकटमा विशेष छुट

 

काठमाडौं । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं” अभियानलाई आत्मासाथ गर्दै सनराइज बैंकले आगामी चाडपर्वलाई लक्षित गरी हवाइ टिकट र बस टिकट खरिदमा क्यास ब्याकको योजना ल्याएको छ ।

सन्राइज बैंकका ग्राहकहरुले सनराइज स्मार्ट एप प्रयोग गरी बस वा हवाईजहाजका टिकट खरिदमा प्रथम दुई पटकको कारोबारमा प्रति बस टिकट २ सय रुपैयाँ र हवाई टिकटमा प्रति टिकट ३०० का दरले क्यास ब्याक प्राप्त गर्ने व्यवस्था गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

jutta mela

कोभिड–१९ ले धेरै क्षेत्र र व्यक्तिहरुको आर्थिक अवस्थामा प्रभाव परिरहेको वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले चाडपर्वको अवसरमा ग्राहकहरुको खुशीमा अझै उत्साह उमंग थप्ने बैंकको विश्वास छ । सन्राइज बैंकले आफ्नो १३ आंै वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाड्न २०७७ असोज २५ देखि कात्तिक ११ गतेसम्मको लागि यो योजना ल्याएको बताइएको छ ।

You might also like

Comments are closed.